१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेले वैशाख ९ गते चुनावी घोषणा पत्र सार्वजनिक गर्ने (भिडियो)



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)ले स्थानीय तहको निर्वाचनका लागि वैशाख ९ गते घोषणापत्र सार्वजनिक गर्ने भएको छ ।

सोमबार बसेको सो पार्टीको पोलिटव्यूरो बैठकले पार्टी स्थापना दिवसको अवसर पारेर केन्द्रले घोषणापत्र सार्वजनिक गर्ने र स्थानीय तहहरुमा पनि चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गर्ने निर्णय गरेको हो ।

यस्तै, बैठकबाट स्थानीय तह निर्वाचनका उम्मेदवारको मापदण्डमा सामान्य हेरफेर पनि गरेरिएको छ । 

यसअघि सचिवालय बैठकले वडाध्यक्ष र सदस्यको सिफारिस पालिका कमिटीले गरेर जिल्ला कमिटीले निर्णय गर्ने भनेकोमा अब वडाध्यक्ष र सदस्यका उम्मेदवारको सिफारिस वडा कमिटीले गर्ने प्रस्ताव भएको छ ।

यस्तै, पार्टीका सबै केन्द्रीय सदस्य आ–आफू मतदाता रहेको भूगोलमा केन्द्रित हुनेगरी लाग्न निर्देशन दिइएको छ ।