५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ महानगरभित्रका पेट्रोलपम्पमा पहेँलो रङ लगाइने



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका पेट्रोलपम्पमा पहिचान तथा एकरुपताका लागि पहेँलो रङ लगाइने भएको छ । काठमाडौँ महानगरपालिकाको सम्मन्वयमा पेट्रोलपम्प सञ्चालक, सरोकारवाला सङ्घसंस्था तथा निकायका प्रतिनिधिको बैठकले उक्त निर्णय गरेको हो ।

काठमाडौँ महानगर क्षेत्रमा ४९ वटा पम्प रहेका छन् । पहिलो चरणमा फागुन पहिलो सातासम्म नमूनाका रूपमा चारवटा पम्पमा पहेँलो रङ लगाइने छ । त्यसपछि अन्य पम्पमा रङ लगाइँदै जाने महानगरको तयारी छ ।

बैठकले पेट्रोलपम्पमा सेवाग्राहीलाई निःशुल्क शौचालय उपलव्ध भएको जानकारीमूलक बोर्ड झुन्ड्याउने, पम्पमा इन्धन भर्ने व्यक्तिले खैरो रङको व्यक्तिगत सुरक्षा सामग्री (पिपिइ) लगाउने र पम्प परिसरलाई हरियाली बनाउने निर्णय गरेको नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीले जानकारी दिनुभयो ।

पम्पमा कार्यरत कर्मचारीलाई काठमाडौँ महानगरले आधारभूत अग्निनियन्त्रण तालिम दिने निर्णय भएको छ ।