१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल हाइड्रोले १५.७८ प्रतिशत लाभांश दिने घोषणा



अ+ अ-

काठमाडौं। नेपाल हाइड्रो डेभलपर लिमिटेडले १५.७८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । 

बिहीबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६र७७ सम्मको नाफाबाट हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र ०.७८ प्रतिशत (नगद लाभांश) प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव रमाकान्त मणि नेपालले जानकारी दिनुभयो ।

कम्पनीको हाल कायम चुक्ता पूँजी २६ करोड रुपियाँ छ । सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश आगामी साधारण सभाले पारित गरेपछि बितरण गरिने छ ।