२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जन्मदिनमा मैनबत्ती बाल्ने र निभाउने चलन कसरी सुरु भयो?



अ+ अ-

एजेन्सी । हामी सबैले जन्मदिन मनाउन केक काट्ने गर्छौँ । केकमाथि मैनबत्ती बाल्ने र त्यसलाई फुकेर निभाउँने गर्छौँ । यो प्रवृत्ति वर्षौंदेखि चलिआएको चलन हो । , तर के तपाईंले कहिल्यै सोच्नुभएको छ कि यो कसले सुरु गर्यो?

केकमा मैनबत्ती बालेर त्यसलाई निभाउने परम्परा सबैभन्दा पहिले प्राचीन सभ्यताको देश ग्रीसमा सुरु भएको थियो । शताब्दीयौं अघि यस देशका मानिसहरू केकमा बालिएको मैनबत्ती बोकेर आ-आफ्नो प्रार्थना गर्ने स्थानमा जाने गर्दथे। त्यहाँ गएपछि मात्रै यहाँका मानिसले केक काट्ने गर्थे र त्यसअघि मैनबत्ती पनि निभाउँथे ।

ग्रीसका मानिसहरू मैनबत्तीबाट निस्कने धुवाँ ईश्वरसम्म पुग्छ भन्ने विश्वास गर्थे। त्यसैले यहाँका जनताले यो चलन सुरु गरेका थिए ।

केकमा राखिएको पहिलो मैनबत्ती सन् १७४६ मा ग्रीसमा भएको भनिन्छ । त्यस दिन एक महान समाज सुधारकको जन्मदिन रहेको बताईन्छ । यस दिनदेखि नै यहाँ केक काट्नुअघि मैनबत्ती निभाउने काम सुरु भएको हो ।

हिन्दु परम्पराअनुसार भने शुभ पर्व या कार्यको समयमा दियो बाल्ने गरिन्छ । दियो या अग्नी जलाउदा व्यक्तिमा सात्विक गुणहरू उत्पन्न हुने जनविश्वास छ । आगोले नराम्रो नजर र भयंकर क्रोधलाई शान्त पार्ने बताईन्छ । जन्मदिन पनि शुभ कार्य भएकोले भगवानको अगाडि दियो बाल्नु या होम गर्नुलाई शुभ मानिन्छ । यद्यपी, दियो या अग्निलाई फुकेर निभाउनुलाई भने अशुभ मानिन्छ ।

हिन्दु परम्पराअनुसार दियो निभाउनु अशुभ मानिने भएकाले यहाँ पश्चिमापरम्पराअनुसार केकमा मैनबत्ति निभाएर जन्मदिन मनाउन थालिएको हो ।