५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग

चीनलाई अलग गरेर विश्वको आधुनिक व्यवस्थाको कल्पना गर्न सकिदैन: सभामुख घिमिरे

चीनलाई अलग गरेर विश्वको आधुनिक व्यवस्थाको कल्पना गर्न सकिदैन: सभामुख घिमिरे
अ+ अ-

काठमाडौं । सभामुख देवराज घिमिरेले नेपालले पनि समृद्धिको युगतर्फ अगाडि बढिरहेको अवस्थामा चीनको बलियो साथको अपेक्षा गरेको बताउनु भएको छ ।

चिनियाँ नयाँ वर्षका अवसरमा काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दे सभामुख घिमिरेले यस्तो अपेक्षा गर्नुभएको हो । सभामुख घिमिरेले नेपाल चीनबीचको द्विपक्षीय सम्बन्ध सन् १९५५ अगष्ट १ तारिखमा स्थापना भएको स्मरण गर्नुभयो ।

उहँँले भन्नुभयो हिमाल र नदी तथा धर्म र सँस्कृतिले जोडिएका चीन र नेपालबीचको प्रागैतिहासिक कालदेखि नै सुमधुर सम्बन्ध रहँदै आएको भन्दै यो ऐतिहासिक सम्बन्धले नेपाल र चीनबीच पछिल्ला वर्षहरुमा आर्थिक, व्यापारिक, राजनीतिक, सामाजिक, धार्मिक आदानप्रदानको विकासमा समेत उल्लेखनीय उपलब्धि हासिँल हुँदै आएको छ।

उहाँले नेपाल र चीनबीचको हिमाल र नदीले जोडेको सम्बन्ध हिउँ र नदीजस्तै पवित्र र हिमालजस्तै विशाल र अटल रहेको पनि बताउनु भयो ।
उहाँल सन् २०१९ मा २३ वर्षपछि चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले नेपालको ऐतिहासिक भ्रमण गर्नु भएको र उक्त भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा लगेको र सोही वर्ष नेपालका तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले चीनको भ्रमण गर्नु भएको भन्दै यस्ता भ्रमणले दुई देशबीचको सम्बन्ध नयाँ युगमा प्रवेश गरेको बताउनु भयो ।

सभामुख घिमिरेले चीनको राष्ट्रिय जनकङ्ग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सुले डेढ वर्ष अगाडि गर्नु भएको नेपाल भ्रमण र नेपालका तत्कालीन सभामुख अग्निप्रसाद सापकोटा तथा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गर्नु भएको भ्रमणको अन्तरसम्सदीय सहकार्य सम्बन्धी समझदारीले दुवै देशबीचको सम्बन्धलाई थप उचाइमा लगेको पनि बताउनु भयो ।

चीन विश्वको आर्थिक शक्ति रहेको भन्दै चीनलाई अलग गरेर विश्वको आधुनिक व्यवस्थाको कल्पना गर्न नसिकिने कुरामा सभामुख घिमिरेले जोड दिनु भयो । चीन पूर्ण रुपमा राजनीतिक स्थायित्व र अनुशासित नागरिक बस्ने मलुकका रुपमा विश्वभर परिचित भएको पनि उहाँले बताउनु भएको थियो ।

नेपालले एक चीनको सिद्धान्तलाई सदैव पालना गरेको बताउँदै नेपालको भूमि प्रयोग गरेर चीन बिरोधी गतिबिधि हुन नदिन नेपाल सचेत रहेको कुरामा उहाँले जोड दिनुभयो । उहाँले ‘अँध्यारोलाई सराप्नुभन्दा मैनबत्ती बाल्नु राम्रो’ भन्ने चिनियाँ भनाइलाई उल्लेख गर्दै नेपालले पनि समृद्धिको युगतर्फ अगाडि बढिरहेको अवस्थामा चीनको बलियो साथको अपेक्षा गरेको पनि बताउनु भयो  ।

चिनियाँ राजदूताबास तथा आन्हुई प्रान्तीय सँस्कृति तथा पर्यटन विभागले ‘चिनियाँ नयाँ वर्ष तथा नेपालमा सुन्दर आन्हुई’ विषयमा काठमाडौँमा कार्यक्रम आयोजना गरेको हो।