२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

रन्किए रोहितः ‘म भिसा अफिसमा बसिरहेको छैन’



अ+ अ-

एजेन्सी । भारत र इंग्ल्याण्डबीचको पाँच खेलको टेष्ट शृंखला जनवरी २५ बाट सुरु हुँदैछ । यस सिरिजको पहिलो खेल हैदराबादको राजीव गान्धी स्टेडियममा हुनेछ ।

इंग्ल्याण्डका स्पिनर शोएब बशीरले भारतविरुद्धको सिरिजका लागि भारतीय भिसा नपाएका कारण उनी इङ्ल्यान्ड फर्किएका छन् ।

इङ्लिस टोलीका कप्तान बेन स्टोक्स पनि शोएब बसिरले भारतको भिसा नपाएपछि निकै निराश छन् । यसै क्रममा भारतीय कप्तान रोहित शर्माले शोएबको स्वदेश फर्किएको पत्रकार सम्मेलनमा यस्तो रमाइलो जवाफ दिएका छन्, जुन सुनेर सबैले हाँसो रोक्न सक्ने छैनन् ।

वास्तवमा २० वर्षीय शोएब बशीरले इंग्ल्याण्डको घरेलु क्रिकेटमा १८ खेल खेलेका छन् जसमा उनले कुल १७ विकेट लिएका छन् । सोएब इंग्लिस काउन्टीमा समरसेटबाट खेल्छन् र अबु धाबीमा टोलीसँग थिए, तर भारतीय भिसा नपाएका कारण उनी हैदरावाद पुग्न सकेनन् ।

यसैबीच, कप्तान रोहित शर्माले पत्रकार सम्मेलनमा शोएबको बारेमा सोधिएको प्रश्नको हास्यास्पद जवाफ दिए ।

रोहित शर्माले भने – ‘म शोएबको पीडा बुझ्न सक्छु, तर म भिसा अफिसमा सबै जानकारी दिन बसेको छैन, तर मलाई आशा छ कि उसले छिट्टै भिसा पाउनेछ र उसले हाम्रो देशमा धेरै रमाइलो गर्नेछ ।’

बेन स्टोक्सले भनेका छन्, ‘एक कप्तानको हैसियतले म यो देखेर निकै निराश छु । हामीले डिसेम्बरको मध्यमा टोली घोषणा गरेका थियौं र अहिले बशीरले यहाँ आउन भिसा पाएका छैनन् । यस्तो गर्ने उनी पहिलो क्रिकेटर भने होइनन् । मैले धेरै मानिसहरूसँग खेलेको छु जसलाई समान समस्याहरू छन् । मलाई यो निराशाजनक लाग्छ कि हामीले एक खेलाडी छनोट गरेका छौं र भिसा समस्याका कारण उनी हामीसँग छैनन् ।’