१ असार २०८३, सोमबार
,
Latest
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र कोशी प्रदेशको बजेटमा महिला, बालबालिका र अपाङ्गता भएकाहरू प्राथमिकतामा गण्डकीको बजेटमा सडक, पर्यटन र कृषि प्राथमिकतामा रोबोट ‘अत्याचारको लाइसेन्स’ बन्नु हुँदैन : राष्ट्रसङ्घ अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली स्वयम्भूमा फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ कर्णाली प्रदेशसभा: ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीलाई धम्की दिने एक व्यक्ति पक्राउ हर्मुज क्षेत्रमा कर नउठाउन इरानलाई राष्ट्रपति म्याक्रोँको सुझाब
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले-जसपा सत्ता सहकार्यबारे बैठक सकारात्मक, शुक्रबार फेरि वार्ता



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी ओली र जनता समाजवादी पार्टी (जसपा) का प्रमुख नेताबीच सकारात्मक छलफल भएको छ । बिहिवार जसपाका नेताहरू र प्रधानमन्त्री ओलीबीच बालुवाटारमा उच्चस्तरीय छलफल भएको हो । 

जसपाले सरकारमा सहभागी हुन राखेको तीनबुँदे शर्तमा प्रधानमन्त्री ओली सकारात्मक देखिएका छन् । प्रधानमन्त्री ओलीले एमाले शीर्ष नेताहरुलाई राखेर जसपाका नेताहरुसँग छलफल गरेका थिए ।

छलफलमा जसपाका नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई, लक्ष्मणलाल कर्णलगायत सहभागी थिए । नेकपाको तर्फबाट प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, नेता सुवास नेम्वाङ, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, प्रधानमन्त्रीका परराष्ट्रमामिला सल्लाहकार डा. राजन भट्टराई लगायत सहभागी थिए । 

बैठकमा जसपाले सरकारमा सहभागी हुन राखेको तीनबुँदे सर्तमाथि प्रधानमन्त्री ओली सकारात्मक देखिएका बैठकमा सहभागी जसपाका एक नेताले बताए। जसमा संविधान संशोधन, रेशम चौधरीको रिहाइ, कैदीबन्दीको मुद्दा फिर्तालगायत माग आफूहरूले राखेका ती नेताले बताए।  

नेकपा एमाले र जसपाबीच शुक्रवार कार्यदलस्तरमा अनौपचारिक छलफल हुने भएको छ ।