४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर

निजी क्षेत्र आर्थिक विकासको रियल एक्टर हो- वरिष्ठ उपाध्यक्ष ढकाल

निजी क्षेत्र आर्थिक विकासको रियल एक्टर हो- वरिष्ठ उपाध्यक्ष ढकाल
अ+ अ-

बीरगञ्ज । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र भनेको देशको आर्थिक विकासका लागि 'रियल एक्टर' हो भन्नुभएको छ । 

उहाँले भन्नुभयो- 'मुलुकको विकास र आर्थिक समृद्धिका लागि निजी क्षेत्रको भूमिका उल्लेखनीय छ ।' उहाँले भन्नुभयो- "निजी क्षेत्रले रोजगारी सृजना गर्नुका साथै मुलुकलाई राजस्वमा योगदान पुराउने र पूर्वाधार निर्माण र यसको विकासमा पनि मुख्य भुमिका खेलेको छ, त्यसैले निजी क्षेत्र भनेको देश विकासको एक रियल एक्टर नै हो ।"

वरिष्ठ उपाध्यक्ष ढकालले विरगन्ज उद्योग वाणिज्य संघको ४५ औँ वार्षिक साधारण सभालाई आज प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै कोभिडका कारणले दुई प्रतिशतको नेगेटिभ ग्रोथ भइरहेको अवस्था रहेको पनि स्पष्ट गर्नुभयो । 

उहाँले यहाँका जति पनि समस्या र मुद्दाहरु छन् तिनलाई नियममनकारी निकायमा लग्नका लागि विरगन्ज उद्योग वाणिज्य संघले पहल गर्ने र महासंघले सम्बन्धित निकायमा लैजाने प्रतिबद्धता व्यक्त गर्नभयो ।

उहाँले भन्नुभयो- डोइङ बिजनेस रिपोर्टको प्रतिवेदनले औद्योगिक क्षेत्रको नियमनमा रहेका समस्याको प्रतिविम्बित गर्दछ । यसको कर तिर्ने वातावरणमा नेपाल १९० मुलुकहरुमध्ये १७५ औं स्थान र व्यवसायिक दर्ताको लागि नेपाल १३५ औ स्थानमा रहेको छ ।

अन्तर्राष्ट्रिय व्यापारसंग सम्बन्धितलजिस्टिक परफरमेन्स रयांकमा नेपाल ११४ औ स्थानमा, विश्व आर्थिक मंचले प्रकाशित गर्ने १४१ मुलुकहरुकोे विश्व प्रतिस्पर्धात्मक सूचकमा नेपालको स्थान १०८ रहेको जानकारी उहाँले दिनुभयो ।

त्यसैगरी सडक संजालमा १०१ औ स्थान, गुणस्तरीय सडकमा १२० औँ स्थानमा नेपाल रहेको उहाँले बताउनुभयो । डुइङ बिजनेस ईन्डेक्समा नेपालको अवस्था सुधार हुँदै आएको बताउँदै बरिष्ठ उपाध्यक्ष ढकालले नेपालमा लगानीको वातावरण बनाउन करसम्बन्धी पुराना कानुन तथा नियमहरू बिस्तारै परिमार्जन गर्दै जानुपर्ने बताउनुभयो।

उहाँले उद्योग वाणिज्य संघलाई व्यवसायीहरुको क्षमता विकासको केन्द्रको रुपमा विकसित गर्नुपर्ने र सबै व्यवसायलाई मार्गदर्शन गर्न सक्ने संस्थाको रुपमा विकसित गर्ने आफ्नो प्रतिवद्धता जनाउनुभयो । साथै यसका लागि आवश्यक वातावरण बनाउन आफ्नो सक्दो प्रयास रहिरहने पनि उहाँले बताउनुभयो । 

देशमा व्यवसायिक क्रियाकलापहरु बढाउने वातावरणका लागि नेपाल पछाडि रहेको तथ्यांक प्रस्तुत गर्दै उहाँले आफू नेपालको निजी क्षेत्रको एक प्रतिनिधित्वका हिसाबले त्यसमा सुधारका लागि सरकारले पहल गर्नुपर्ने धारणा राख्नुभयो । 

नेपाल उद्योग वाण्ज्यि महासंघको सदस्यको रुपमा विरगन्ज उद्योग वाणिज्य संघले सक्रियरुपमा काम गरेको बताउनुभयो । हउाँले आगामी दिनमा विरगन्ज उद्योग वाणिज्य संघसँग सहकार्य गरेर व्यवसायिक गतिविधिलाई अझै सक्रिय रुपमा अगाडी बढाउने बताउनुभयो । 

त्यसैगरी उपाध्यक्ष ढकालले चेम्बर कानून ल्याउनु पर्ने आवश्यकता औँल्याउँदै चेम्बर कानूननले उद्योग वाणिज्य संघहरुलाई व्यवसायीसम्बन्धी सेवा दर्ता, संचालन र बर्हिगमनका समस्याहरु समाधानका लागि एक केन्द्रको रुपमा विकसित गर्ने धारणा राख्नुभयो । 

तीन तहको सरकारको मेकानिजम दशेमा व्यावसायिक प्रमोट गर्ने हिसाबको हुनुपर्ने उहाँको सुझाव थियो । उहाँले भन्नुभयो नेपालमा एउटा सानो आइपियो खुल्दा पनि कति गुणा बढी आवेदन पर्छ यसबाट हामीसँग कति धेरै पैसा छ भन्ने स्पष्ट हुन्छ । 

यो अवस्था भनेको नागरिक लगानीका लागि आतुर भएको अवस्था हो भन्ने बुझेर देशले स्वदेशी र विदेशी लगानीका लागि इन्करेज हुने खालको नीति, नियम तथा वातावरण बनाओस् उहाँले भन्नुभयो ।