६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्हयूको स्वर–संगीत र निरुको शब्दमा ‘पेरिस्कानो’ सार्वजनिक



अ+ अ-

काठमाडौं । गत वर्ष प्रकाशित निरु त्रिपाठीद्वारा लिखित 'पेरिस्कानो’ उपन्यासको वार्षिकत्सवमा उपन्यासमा आधारित गीत रिलिज भएको छ । मैले पढ्ने हरेक किताबको पानामा बोलको गीत उपन्यासकार निरु त्रिपाठीले लेख्नु भएको हो । यसलाई स्वर र संगीत वरिष्ठ संगीतकार न्ह्यू वज्राचार्यले दिनुभएको छ ।

पेरिस्कानो क्रियसनको प्रस्तुती उक्त म्यूजिक भिडियोलाई मेल्वर्न फोटो प्रोजेक्ट टिमले छायांकन गरेको छ भने कडेँल कन्सल्टेन्सिले सर्पोट गरेको छ । भिडियोको सम्पादन भने भरत रेग्मीले गर्नुभएको छ।

उपन्यासमा उल्लेख अनुसार भिडियोमा पनि मनु र पेरिसबीचको प्रगाढ प्रेम देखाइएको छ । अष्टेलियाबाट सगरमाथा आरोहणीहरुलाई नेपाल लिएर गएको पेरिस २०७२ सालमा नेपालमा गएको विनासकारी भुकम्पले नाम्चेबजारमा नै अड्किन्छ । 

म्यूजिक भिडियो पनि त्यहीबाट सुरु भएको छ । नाम्चेबाट पेरिसले मनुलाई ईमेल लेख्छ छिट्टै मेल्वर्न आउने वाचा गर्छन् तर वाचा पुरा नहुँदै सगरमाथाको नजिक केन्द्रविन्दु बनाएर आएको दोश्रो भुकम्पको झट्काले पेरिस हराउँछ । पाँच वर्ष हुँदा पनि पेरिसको केही खबर नआउँदा भिडियोमा मनु अझै शोकमा रहेको देखाइएको छ । 

मनु रातमा आफ्नो विगतलाई सम्झँदै घरको गार्डेनमा टहलिरहेकी हुन्छे । यसरी विगत र वर्तमानलाई देखाइरहेर अन्त्यमा त्यसबखत टेलिभिजनमा प्रशारण भएको पेरिस हराएको समाचारसँगै म्यूजिक भिडियो सकेको छ ।

भिडियोमा मनुको चरित्र स्वयंम् निरु त्रिपाठीले गर्नुभएको छ भने पेरिसको चरित्र मेल्वर्नका रंगमन्चका कलाकार केविन जेम्स प्रिस्टलीले निभाएको छ ।