• १० जेष्ठ २०८१, बिहीबार
  •      Thu May 23 2024
  •   Unicode
Logo
Latest
★   हाम्रो शरीरले कति गर्मी सहन सक्छ ? ★   ‘पुजार सार्की’को प्रिमियरमा प्रदीप खड्काले भने– वास्तविक जीवनमा नि छिट्टै विवाह हुन्छ ★   कालीगण्डकी करिडोर: बलेवा–हर्मिचौर खण्डमा ५० प्रतिशत प्रगति ★   चलचित्र ‘फर्की फर्की’को प्रिमियरपछि कलाकार: ‘अनमोलको अहिलेसम्मकै उत्कृष्ट फिल्म’ ★   कोलकाताका सह–मालिक शाहरुख खान अहमदाबादमा अस्पताल भर्ना ★   किसानलाई बजारसँग जोड्न चक्रपथ निर्माण ★   सन्दीपको भिसा प्रक्रियाका लागि क्यान तातियो, सांसद शाही पनि दौडधुपमा ★   सदरमुकाममा नै छैन पक्की पुल ★   कबड्डी टोली बंगलादेश प्रस्थान ★   दिगो विकासको लक्ष्य सन्तोषजनक देखिएनः सांसद राणा

पाकिस्तानद्वारा इरानमा आक्रमण शुरु



एजेन्सी । पाकिस्तानले बिहीवार इरानको सिस्तान र बलुचेस्तान प्रान्तमा आतंकवादी लुकेका ठाउँहरूबिरुद्ध आक्रमण शुरु गरेको छ ।

पाकिस्तानको विदेश मन्त्रालयले बिहीवारबाट आफूहरुले पनि इरानको आतंवादीहरु लुकेको ठाउँलाई निशाना बनाएर आक्रमण शुरु गरेको बताएको हो ।

पाकिस्तानका विदेश मन्त्रालयका प्रवक्ता मुमताज जाहरा बलोचले पाकिस्तानले इरानको सिस्तान–बलुचेस्तान प्रान्तमा आतंकवादी लुकाउने ठाउँलाई निशाना बनाइ आक्रमण शुरु गरेको बताउनु भयो ।

इरानको विदेश मन्त्रालयको वेबसाइटमा प्रकाशित एक विज्ञप्तिअनुसार दुई पक्षले पाकिस्तानमा जैश अल–जुल्म समूहको बिरूद्ध इरानको आतंकवाद विरोधी कारबाहीका बारेमा मंगलवार छलफल गरेका थिए । पाकिस्तानले बुधवार इरानले पाकिस्तानको हवाई क्षेत्र उल्लङ्घन गरेको आरोप लगाउँदै इरानी कारवाहीपछि दुई पाकिस्तानी बालबालिकाको हत्या गरेको र इरानबाट आफ्ना राजदूतलाई फिर्ता बोलाएको छ ।