११ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीपछि १३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ३५१ जनाको हवाई उद्धार बाढी प्रभावित परिवारका लागि डिग्निटी किट र अन्तर्वस्त्र पठाइयो भोटेकोसी बाढी प्रभावितका लागि एनसेल फाउन्डेसनकाे रु. १ करोड सहयोग राहत शिविर व्यवस्थित बनाउन र सडक–विद्युत्–सञ्चार तत्काल सुचारु गर्न प्रधानमन्त्रीको निर्देशन भोटेकोशी बाढीले रसुवाका ४० किलोमिटर सडक क्षतिग्रस्त विपद्मा खटिने सुरक्षाकर्मीको भत्ता र खाजा खर्च बढाइने प्रधानमन्त्री राहत कोषमा लेयर्स कुखुरापालक सङ्घको १० लाख सहयोग भोटेकोशी बाढीः शिक्षण अस्पतालमा ३६ जनाको उपचार हुँदै नुवाकोटमा अधिकांश स्थानमा विद्युत् सेवा नियमित, रसुवामा पनि पुनःस्थापनाको तयारी राष्ट्रपति पौडेलद्वारा बाढीपीडितका लागि एक महिनाको पारिश्रमिक सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

विशेष अदालतले गच्छदारको घरमै टाँस्यो म्याद



अ+ अ-

काठमाडौं । विशेष अदालतले नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारको निवासमा म्याद तामेल गरेको छ । ललिता निवास जग्गा प्रकरणमा मुछिएका गच्छदार सम्पर्क नआएपछि मोरङस्थित उनको निवासमा म्याद तामेल गरेको हो । 

विशेष अदालतले गच्छदारलाई गत फागुन २३ गते ललिता निवास जग्गा अनियमितताको मुद्दामा सुनुवाइ गर्दै १५ दिनभित्र अदालतमा उपस्थित हुन आदेश गरेको थियो । गच्छदार अदालतको सम्पर्कमा नआएपछि अदालतले उनको निवासमा म्याद तामेल गरेको प्रवक्ता पुष्पराज पाण्डेयले बताए ।

तत्कालि भौतिक योजना तथा निर्माण मन्त्री गच्छदार ललिता निवासको १२३ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा सारिएको प्रकरणमा मुछिएका थिए । भ्रष्टाचार  कान्डमा मुछिएका गच्छदारको सांसद पद निलम्बनमा छ भने उनी केही समययता पार्टी कार्यक्रममा पनि देखिएका छैनन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध  ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ माग दाबी गरेको छ । 

उक्त मुद्दामा पूर्वमन्त्री चन्द्रदेव जोशी साधारण तारेखमा रिहा भइसकेका छन् । पूर्वमन्त्री छविराजसँग अदालतले ५ लाख धरौटी माग गरेको थियो । अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात पुर्पक्षका लागि थुनामा पठाइएका छन् । मीनबहादुर गुरुङ धरौटी रकम बुझाएर छुटेका छन् । अख्तियारले बालुवाटारको ११३ रोपनी सरकारी जग्गा किर्ते गरी व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा १७५ जनाविरुद्ध  भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।