५ असार २०८३, शुक्रबार
,
Latest
यस्ता छन् जेठ महिनाभर बसेका मन्त्रिपरिषद् बैठकका निर्णयहरू (निर्णयसहित) अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले नेपाली चलचित्रले विश्व बजारमा नेपालको पहिचान स्थापित गर्न सक्छः राष्ट्रपति पौडेल पाथीभरा केवलकार विवाद समाधान गर्न सरकारद्वारा सात सदस्यीय कार्यदल गठन सरकारका राम्रा कामको समर्थन गर्छौंः राप्रपा नेता शाही जनमत प्राप्त सरकारले करको विवेकपूर्ण ढंगले उपयोग गर्न पाउँछः अर्थमन्त्री वाग्ले खुश्वु ओलीको आरोपः सरकारले स्वार्थ समूहको प्रभाव बढ्ने गरी कर नीति ल्यायो हेटौँडाका ६० जना अनौपचारिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत गाजाका सबै सिमाहरू खोली सहायता आपूर्तिका प्रतिबन्धहरू हटाउन राष्ट्रसङ्घको आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्व व्यापार सङ्गठनको उच्च पदमा सुवेदी निर्वाचित



अ+ अ-

काठमाडौं । संयुक्त राष्ट्र सङ्घका लागि नेपालको स्थायी नियोगका राजदूत रामप्रसाद सुवेदी विश्व व्यापार सङ्गठनको उच्च पदमा निर्वाचित भएका छन् ।

राजदूत सुवेदी सङ्गठनको ट्रेड एन्ड डेभलपमेन्ट कमिटी अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन्। नेपाल सन् २००४ मा विश्व व्यापार सङ्गठनको सदस्य भए पश्चात् उक्त सङ्गठनको टियर एक तहको अध्यक्ष पदमा नेपालका राजदूत निर्वाचित भएको पहिलो अवसर हो ।

विश्व व्यापार सङ्गठनको उच्च पदमा उनी निर्विरोध निर्वाचित भएपछि नेपालको आर्थिक तथा व्यापारिक हित प्रवर्द्धनमा सहज हुने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको विश्वास छ । मन्त्रालयले राजदूत सुवेदीलाई सफल कार्यकालका लागि शुभकामना पनि दिएको छ भने मन्त्रालयबाट हुनसक्ने आवश्यक सहकार्य तथा समन्वय गर्ने पनि प्रतिबद्धता जाहेर गरेको छ। सीटीडी अध्यक्षको हैसियतमा राजदूत सुवेदीको कार्यकाल एक वर्ष रहनेछ ।

विश्व व्यापार सङ्गठन मूलत: अन्तर्राष्ट्रिय व्यापारको नियम बनाउने सर्वोच्च निकाय हो । तर, पछिल्ला छलफलहरू अति कम विकसित मुलुक र विकासशील मुलुकका प्राथमिकता, विकास र व्यापारमा केन्द्रित छन् ।