१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यान्चेस्टर युनाइटेड र टोटेनहमले बराबरी खेले



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर युनाइटेड र टोटेनहमले बराबरी खेलेका छन् । गएराति भएको खेलमा दुबै टोलीले २-२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

घरेलु टोली युनाइटेडका लागि खेलको तेस्रो मिनेटमा नै रासमस होलण्डले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । यता, १९ औं मिनेटमा रिचार्लिसनले गोल गर्दै टोटेनहमलाई १-१ गोलको बराबरीमा ल्याए । ४० औं मिनेटमा मार्कुस रासफोर्डले गोल गर्दै युनाइटेडलाई २-१ ले अघि बढाए ।

तर, ४६ औं मिनेटमा रोड्रिगो बेन्टान्करले गोल गर्दै टोटेनहमलाई २-२ गोलको बराबरीमा ल्याए । त्यसपछि दुबै टोलीले गोल गर्ने प्रयास गरेपनि सफल हुन सकेनन् र अंक बाँड्न बाध्य भए ।

योसँगै टोटेनहम २१ खेलबाट ४० अंकका साथ तालिकाको पाँचौं स्थानमा छ । युनाइटेड ३२ अंकका साथ सातौं स्थानमा छ ।