२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जब पैसा निकाल्न बैंक पुग्यो गोरु…



अ+ अ-

एजेन्सी । सामाजिक सञ्जालमा हरेक दिन एकभन्दा बढी भिडियो भाइरल भइरहेका छन् । यीमध्ये केही भिडियोहरू निकै सुन्दर छन्, कतिपय भिडियोहरू हेरेर मान्छेहरू हाँसेका छन् । यसैबीच, एक भिडियो तिब्र गतिमा भाइरल भइरहेको छ, जसलाई हेरेर मानिसहरु छक्क परेका छन् ।

वास्तवमा, एक भिडियोमा तपाईले देख्न सक्नुहुन्छ कि कसरी एउटा साँढे बैंकमा प्रवेश गर्छ । त्यसपछि बैंकभित्र अराजकता छाएको छ । बैंकमा गोरु देखेपछि मानिसहरु यता उता दौडिरहेको देख्न सकिन्छ । अहिले यो भिडियो सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममा भाइरल भइरहेको छ । यो भिडियो देखेर मानिसहरु अचम्ममा परेका छन् ।

सोसल मिडिया प्लेटफर्म एक्समा दिउँसो १२ बजेतिर गोरु बैंकमा प्रवेश गरेको दाबी गरिएको छ । त्यतिबेला बैंकमा धेरै मानिसहरु उपस्थित थिए । धेरै प्रयासपछि सेक्युरिटी गार्डसहित केहीले गोरुलाई बैंकबाट बाहिर निकाले । सबैभन्दा अचम्मको कुरा भने उक्त गोरु बैँक भित्र रहेको क्यास काउन्टरमा पुगेको थियो ।

 

भिडिओमा बैंकका कर्मचारीबाहेक बैंकमा गोरु प्रवेश गर्दा धेरै ग्राहक पनि शाखामा उपस्थित भएको देख्न सकिन्छ । बैँकमा गोरु देखेपछि सर्वसाधारणको अनुहारमा डर प्रस्टै देखिन्छ ।

सेक्युरिटी गार्ड लगायतले गोरुलाई बैंक भित्रबाट बाहिर निकाल्न निकै मिहिनेत गरे । यस अवधिमा मानिसहरू कुनै न कुनै रूपमा बैँकबाट गोरु निकाल्न सफल भए । गोरु निस्किएपछि मानिसहरूले राहतको सास फेरे ।