२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ

दुई वर्षअगाडि बेपत्ता भएकी महिला समुद्रमा जीवितै भेटिएपछि

दुई वर्षअगाडि बेपत्ता भएकी महिला समुद्रमा जीवितै भेटिएपछि
अ अ+ अ-

एजेन्सी । कोलम्बियाकी एक महिला दुई वर्ष अगाडि बेपत्ता भएकी थिइन्। तर बेपत्ता भएको यति लामो समयपछि उनी समुद्रमा जीवित्तै भेटिएकी छिन्।

शनिबार एन्जेलिका जाइतन नाम गरेकी महिला समुद्रमा तैरिरहेको अवस्थामा भेटिएको द सनले जनाएको छ। ४६ वर्षकी एन्जेलिकालाई स्थानीय माझी रोलान्डो भिसबल र उनका साथीले भेट्टाएको बताइएको छ।

प्युर्टो कोलम्बियाको किनारदेखि दुई किलोमिटर टाढा समुद्रको बीचमा एन्जेलिकालाई भेटिएको हो। उनलाई उद्धार गरेको भिडियो यतिबेला भाइरल बनिरहेको छ।

एन्जेलिकाले उद्धार भइसकेपछि ‘म फेरि जन्मिए, भगवानले म मरोस् भन्ने चाहेका रहेनछन्’ भन्ने शब्द उच्चारण गरेको बताइएको छ।

आरसीएन रेडियोसँग उनले आफ्नो कथा पनि खोलिन्। उनले २० वर्षसम्म श्रीमानको दुर्व्यवहार सहेको र पीडा सहन नसकेपछि आफू सन् २०१८ मा घर छाडेर भागेको बताइन्।

श्रीमानले बेस्सरी पिट्दा उनको अनुहारमा ठूलो चोट थियो। श्रीमानले उनलाई मार्नै खोजका थिए। घर छाडेर भागेपछि उनले ६ महिना सडकमै मागेर खाइन्।

उनले आश्रयस्थलमा बास पनि पाइन्। यसरी जीवनमा ठूलो पिडा भोगेपछि आफूलाई बाँच्ने रहर नभएको र समुद्रमा हाम फालेको बताइन्। समुद्रमा हाम फालेको आठ घण्टापछि उनको उद्धार भएको थियो।