२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ

अस्ट्राजेनिकाको विवाद कायमै, विश्व स्वास्थ्य संगठन भन्छः खोप सुरक्षित छ

अस्ट्राजेनिकाको विवाद कायमै, विश्व स्वास्थ्य संगठन भन्छः खोप सुरक्षित छ
अ अ+ अ-

जेनेभा । अक्सफोर्ड र अस्ट्राजेनिकाले संयुक्त रुपमा विकास गरेको कोभिड–१९ विरुद्धको अस्ट्राजेनिका खोपका कारण रगत जमेको भन्ने अपुष्ट विवाद कायमै रहेका बेला विश्व स्वास्थ्य संगठनका विज्ञहरुले खोप सुरक्षित रहेको दाबी गरेका छन् ।

कोभिड–१९ ले सङ्कट निम्त्याइरहेको युरोपेली क्षेत्रका कतिपय मुलुकले अस्ट्राजेनिका खोप लगाउन रोकेका छन् । पछिल्लो पटक युरोपका सबैभन्दा ठूला देशहरु जर्मनी, इटाली र फ्रान्सले पनि अस्ट्राजेनिका खोप लगाउन तत्काललाई रोक लगाएका छन् । युरोपकै अन्य कतिपय मुलुकले पनि अस्ट्राजेनिका खोप लगाउन बन्द गरिसकेका छन् ।

विश्वमा हाल २६ लाखभन्दा बढी मानिसको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भइसकेको छ । 

यहीबीच विश्व स्वास्थ्य संगठन, अस्ट्राजेनिका कम्पनी र युरोपेली औषधि नियामक निकाय ९इएमए०ले अस्ट्राजेनिका खोप सुरक्षित रहेको बताएका छन् । उनीहरुको भनाईमा खोप लगाएका व्यक्तिमा रगत जमेको भन्ने विवरणमा पूर्ण सत्यता छैन । 

विश्व स्वास्थ्य संगठनकी प्रमुख वैज्ञानिक सौम्या स्वामिनाथनले आमजनतालाई नआत्तिन र अस्ट्राजेनिका खोप लगाउने कार्यलाई निरन्तरता दिन आग्रह गर्नु भएको छ । 

उहाँले भन्नुभयो, “अध्ययनबाट खोप र रगत जम्ने समस्याबीच कुनै सम्बन्ध देखिएको छैन ।”

विश्व स्वास्थ्य संगठन र इएमएका विज्ञहरुले अस्ट्राजेनिकाको खोप अभियानसँग सम्बन्धित विवरणको अलग अलग अध्ययन गर्ने बताएका छन् । इएमएले अस्ट्राजेनिकाको विवरणलाई लिएर के गर्ने भनेर दुई दिनपछि विशेष बैठक गर्न लागेको जनाएको छ ।

अस्ट्राजेनिकाको खोप अहिले विश्व बजारमा सबैभन्दा सस्तो छ । कमजोर आर्थिक स्थिति भएका मुलुकका लागि सहज भएकाले पनि यो खोपको माग बढ्दो छ । युरोप बाहेकका अन्य मुलुकहरुले यो खोप बढी प्रयोग गर्ने सम्भावना छ । 

तैपनि, इन्डोनेसियाले सोमबार अस्ट्राजेनिकाको खोप लगाउन रोकेको छ भने भेनेजुएलाले यो खोप प्रयोग नगर्ने घोषणा गरेको छ । 

यो खोप बेलायतको अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनिकाले विकास गरेका हुन् । विश्वभर अस्ट्राजेनिकाको खोप करिब एक करोड १० लाख डोज लगाइएको छ, तर कुनै समस्या देखिएको छैन । 

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले युरोपका कतिपय मुलुकमा अस्ट्राजेनिका खोप लगाउन रोकिए पनि आफ्ना नागरिकलाई खोप लगाउन आग्रह गर्नु भएको छ ।

कोभिड–१९ को नियन्त्रणमा निकै कठिनाई भइरहेकै अवस्थामा अस्ट्राजेनिकाको खोपको प्रभावकारितालाई लिएर मानिसमा त्रास बढेको छ । 

नर्वेको राजधानी ओस्लोमा कोरोनाभाइरस फैलिन थालेपछि कडा प्रतिबन्धहरु घोषणा गरिएका छन् । यहाँ माध्यमिक विद्यालयहरु पनि बन्द गरिएका छन् । ओस्लोमा गत साता ठूलो संख्यामा कोरोना संक्रमित भेटिएका थिए ।

ओस्लो नगरका मेयर रेमन्ड जोहान्सेनले महामारी फैलिएयता पहिलोपटक यो सबैभन्दा कडा प्रतिबन्ध रहेको जानकारी दिनुभयो । “यो निकै कठिन र कडा छ, तर यो अत्यावश्यक पनि छ ।”

बोस्नियामा पनि कोभिड अस्पतालहरु भरिभराउ भएका छन् र सरकारले बाध्य भएर आपतकालीन स्थितिको घोषणा गरेको छ । 

अस्पतालका निर्देशक सेबिजा इजेबेगोभिकले फेसबुकमा लेख्नु भएको सन्देशमा अस्पतालका कर्मचारीहरु थकित भइसकेको उल्लेख छ । “हामी मानिसको जीवन बचाउन हरसम्भव प्रयत्न गर्नेछौं, तर परिस्थिति साँच्चिकै गम्भीर छ । हाम्रा बढीभन्दा बढी कर्मचारीहरु बिरामी पर्न थालेका छन् ।”

इटालीका अधिकांश स्थानमा सोमबार लकडाउन गरिएको छ । यहाँ स्कुल, रेस्टुराँ, पसल र सङ्ग्रहालयहरु सबै बन्द गरिएका छन् । जर्मनीमा सघन उपचारमा संलग्न चिकित्सकहरुले देशमा कोभिडको तेस्रो लहर शुरु हुने खतरा देखिएको भन्दै तत्काल नयाँ प्रतिबन्धहरु घोषणा गर्न अपिल गरेका छन् । 

ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोले सोमबार नयाँ स्वास्थ्य मन्त्री नियुक्त गर्नु भएको छ । यहाँ पनि कोभिडका नयाँ बिरामीको संख्या बढ्नुका साथै कोभिडको संक्रमणबाट मृत्यु हुनेको संख्या पनि बढेको छ ।

कोरोनाभाइरस महामारीको नियन्त्रणका लागि खोप प्रभावकारी हुनसक्ने भन्दै खोप निर्माणमा अभूतपूर्व प्रयत्न गरिएको थियो, र अहिले विश्व समक्ष केही विकल्पहरु तयार भइसकेका छन् ।

तर, निर्यात नियन्त्रण, कुटनीतिक असमझदारी र उत्पादनसँग सम्बन्धित मामिलाका कारण खोपको उपलब्धतामा प्रभाव परिरहेकै अवस्थामा अस्ट्राजेनिकाको प्रयोग स्थगनले अर्को समस्या थपेको छ । 

जर्मनीका अर्थमन्त्रीले जोन्सन एन्ड जोन्सनको खोप उत्पादन जर्मनीको आइडिटी बायोलोजिकाले उत्पादन गर्न लागेकाले त्यसबाट युरोपलाई फाइदा पुग्ने बताउनुभयो । 

साथै रसियाको स्पुतनिक भी खोपका निर्माताहरुले केही प्रमुख युरोपेली मुलुकमा आफ्नो खोप उत्पादन हुने चरणमा रहेको बताएका छन् । 

चीनले पनि कोभिडका खोपहरु विकास गरेको छ र विश्वका धेरै मुलुकमा बिक्री गरिरहेको छ । चीनका खोपहरु युरोप, मध्यपूर्व र दक्षिण अमेरिका पुगेका छन् ।

सोमबार, चीनले संयुक्त राष्ट्रसंघीय शान्ति सेनाका लागि तीन लाख डोज उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ । भारतले यसअघि नै शान्ति सेनाका लागि दुई लाख डोज दिने बताइसकेको छ । तर दुबै मुलुकले शान्ति सेनालाई कुन खोप दिने हुन् भन्ने खुलाएका छैनन् ।

चीनले कोरोनाभाइरसलाई लगभग नियन्त्रणमा ल्याइसकेको छ, तर विदेशबाट कोभिड भित्रिने आशंकामा कडा यात्रा नियमहरु लगाइरहेको छ । तर खोप लगाएका फिलिपिनी नागरिकका लागि चीन भ्रमणलाई खुकुलो बनाएको सोमबार चीनले घोषणा गरेको छ । 

यसैबीच, ब्राजिलले फाइजरको १० करोड डोज खोप खरिद गर्न कम्पनीसँग सम्झौता गरेको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले जोन्सन एन्ड जोन्सनबाट पनि थप ३ करोड ८० लाख डोज खोप किन्न लागेको जनाएको छ । रासस