३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

अब बुर्ज खलिफा बिर्सनुहोस् ! यहाँ बन्दैछ १ किलोमिटर अग्लो भवन

अब बुर्ज खलिफा बिर्सनुहोस् ! यहाँ बन्दैछ १ किलोमिटर अग्लो भवन
अ+ अ-

एजेन्सी । १४ वर्षअघि दुबईमा विश्वको सबैभन्दा अग्लो भवन बुर्ज खलिफा बनाउँदा सबै चकित बनेका थिए ।

अहिले यसलाई हेर्न देश तथा विदेशबाट मानिसहरु आउने गरेका छन् र दुबई पर्यटकका लागि उत्कृष्ट गन्तव्य बनेको छ । ८२८ मिटरको उचाइ, धेरै रेकर्डहरू र चर्चाका साथ, यो भवनले आफ्नो प्रतिष्ठा स्थापित गर्यो ।

यस भवनको निर्माण सन् २००४ मा सुरु भई २०१० मा पूर्णरुपमा सम्पन्न भएको थियो । तर अब नयाँ गुनासो सुनिएको छ कि शायद नयाँ भवन आउँदैछ, जुन बुर्ज खलिफा भन्दा अग्लो हुनेछ । यसले सबैको मनमा प्रश्न उठिरहेको छ कि बुर्ज खलिफाले आफ्नो सम्मान गुमाउने हो ?

अहिले अर्को ठाउँमा पनि अग्लो भवन निर्माण भइरहेको छ । यो सुनेर तपाई छक्क पर्नुहुनेछ । बुर्ज खलिफालाई यसले चुनौती दिनेछ । गिनिज वल्र्ड रेकर्डका अनुसार साउदी अरेबियामा निर्माण भइरहेको भवन यति अग्लो हुनेछ कि यसले बुर्ज खलिफालाई समेत पछाडि छोड्नेछ ।

यस भवनलाई जेद्दा टावर भनिन्छ, जसलाई पहिले किंगडम टावर पनि भनिन्थ्यो । यसको उचाइ एक हजार मिटर अर्थात् जम्मा एक किलोमिटरभन्दा बढी हुने बताइएको छ । यति मात्र होइन, जेद्दा इकोनोमिक कम्पनीको यो भवनले आफ्नो उचाइबाट चमत्कार मात्र देखाउँदैन तर यसमा विलासी घरहरू, अफिस स्पेस, सर्भिस्ड अपार्टमेन्ट र लक्जरी कन्डोमिनियमहरू एकसाथ हुनेछन् ।

कल्पना गर्नुहोस्, एक किलोमिटर अग्लो भवनमा बस्दा कस्तो होला ? जेद्दा टावरले आकाश छुन मात्रै नभई विश्वको अग्लो पर्यवेक्षक पनि बन्न सक्छ । यद्यपि, गिनिज वल्र्ड रेकर्डमा हाल सबैभन्दा उच्च उचाइको वेधशालाको रेकर्ड मात्र छ, र त्यो जापानको टोकियो अटाकामा अब्जर्भेटरी विश्वविद्यालयले राखेको छ, जुन जमिनको सतहबाट ५,६४० मिटर (१८,५०३ फिट) उचाइमा छ ।

यो भवन जेद्दा सहरको मध्यभागमा निर्माण भइरहेको छ र यो २० अर्ब डलरको ठूलो परियोजनाको हिस्सा हो । यद्यपि, यो भवन अझै बन्न सकेको छैन र कहिले बन्ने हो भन्ने टुंगो छैन । तर एउटा कुरा पक्का छ कि यदि निर्माण भयो भने यो १ किलोमिटरभन्दा अग्लो हुनेछ र बुर्ज खलिफाको ८२८ मिटरको रेकर्ड तोड्नेछ ।