१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकीलाई हराउँदै एपिएफ फाइनलमा



अ+ अ-

सुर्खेत । एपिएफ कर्णाली प्रदेशको राजधानी सुर्खेतमा जारी ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

वीरेन्द्रनगरस्थित खुलामञ्चको कोर्टमा बुधबार भएको पहिलो सेमिफाइनलमा गण्डकी प्रदेशलाई ३–० ले हराँउदै साविक विजेता समेत रहेको एपिएफ फाइनलमा पुगेको हो । एपिएफले गण्डकीलाई २५–२३,२५–२० र २५–१५ ले पराजित गर्यो ।

अपराजित एपिएफ समूह ‘ए’ को विजेताका रुपमा सेमिफाइनल पुगेको थियो ।

नेपाल भलिबल संघको आयोजना र कर्णाली प्रदेश भलिबल संघको व्यवस्थापनमा भइरहेको प्रतियोगिताको फाइनल बिहीबार हुनेछ ।

हाल दोस्रो सेमिफाइनल अन्तर्गत आर्मी र पुलिसबीचको खेल जारी छ ।