४ पुष २०८२, शुक्रबार
,
Latest
निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस्: मन्त्री खरेल नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदैः रास्वपा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे, अन्तरिम सरकार पनि विगतको भन्दा फरक पाएनौँः अध्यक्ष सिंह एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो जेनजी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने सञ्चारमन्त्रीको घोषणा एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

बम विस्फोटमा परी पाँच महिला र एक बाललको मृत्यु



अ+ अ-

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा सरकारी कर्मचारीहरु चढेको एक बस  सडकमा राखिएको बमसँग ठोक्किँदा पाँच महिला र एक बालकको मृत्यु भएको सरकारी अधिकारीहरुले मंगलबार जानकारी दिएका छन् । गत सोमबार साँझको व्यस्त समयमा काबुल भएको यस बम विस्फोटमा परी दुर्भाग्यवस पाँच महिला एक बालक मारिनुको साथै अन्य अन्य १७ घाइते भएका मन्त्रालयका प्रवक्ता नसरतुल्लाह नसेरीले एएफपीलाई बताउनु भएको छ । 

यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन् । यद्यपी यस बम आक्रमणको तालिबान लडाकू समूहले पनि कुनै टिप्पणी गरेका छ्र्र्रैनन् । यसैगरी मंगलबार उत्तरी अफगानिस्तानको बघलान युनिभर्सिटीका विद्यार्थी र शिक्षक बोक्ने एक बसमा भारी हतियारसहित बन्दुकधारीहरुले आक्रमण गरेका थिए । 

यस आक्रमणमा परी एक विद्यार्थी र चालक मारिनुको साथै अन्य छ जना शिक्षक घाइते भएका बघलान विश्वविद्यालयका डीन अब्दुल कादिर महानले एएफपीलाई बताउनु भएको छ । 

गत आइतबार राजधानी काबुलमा भएको दुईवटा बम विस्फोनमा तीन जना सर्वसाधारणको मृत्यु हुनको साथै एक दर्जन भन्दा बढी घाइते भएका प्रहरीले जनाएको छ । अफगानिस्तान सरकार र तालिबानबीच शान्ति वार्ताको बावजुद पनि पत्रकार, कार्यकर्ता र सरकारी कर्मचारीहरू विरुद्धको हत्या जारी रहेको बताइएको छ ।  हालका केही महिना यता अफगानिस्तानमा हिंसा बढेको छ ।

अफगानिस्तानका  सर्वसाधारणलाई जानाजानी लक्षित गरी हमला गर्ने डरलाग्दो संख्याका गत साता संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले कडा शब्दमा निन्दा गरेको छ ।