११ श्रावण २०८३, सोमबार
,
Latest
देवानगञ्ज घटनाप्रति मन्त्री मेहताद्वारा दुःख व्यक्त, शान्ति र संयमता कायम राख्न अपिल ‘सी चिनफिङ विचारधारा’ वैश्विक शासनको वैकल्पिक र सफल मोडेल’ सुरुङमार्ग उद्घाटन हुँदै गर्दा स्थानीय सडकमा, राखे यस्ता माग साउनको दोस्रो सोमवारः पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आफूखुसी गैरहाजिर रहेका प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन सार्वजनिक सूचना विश्वकप लिग-२: आज नामिबियासँग भिड्दै नेपाल यमनका हुथी विद्रोहीद्वारा साउदी अरबको ड्रोन खसालेको दाबी, लाल सागरमा जहाज लक्षित आक्रमण स्पेनमा डढेलोको भीषण संकटः दशौँ हजार नागरिक विस्थापित दक्षिण चीन सागरमा भियतनामी जहाज दुर्घटनाः ४६ चालक दलका सदस्यको सफल उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

फ्रान्सको सबैभन्दा कान्छो प्रधानमन्त्री बने ३४ वर्षीय गेब्रियल एटल



अ+ अ-

एजेन्सी । राजनीतिक उथलपुथलको सामना गरिरहेको फ्रान्समा राष्ट्रपति इमानुएल म्याक्रोनले ३४ वर्षीय गेब्रियल एटललाई फ्रान्सको प्रधानमन्त्रीमा नियुक्त गरेका छन् ।

योसँगै गेब्रियल फ्रान्सको इतिहासमा सबैभन्दा कान्छो र पहिलो समलिङ्गी प्रधानमन्त्री बनेका छन् । उनी प्रधानमन्त्री पदबाट राजीनामा दिएका ६२ वर्षीया एलिजाबेथ बोर्नको स्थानमा आएका हुन् । यस वर्षको अन्त्यमा हुन लागेको युरोपेली संघको चुनावअघि म्याक्रोनले आफ्नो टोलीमा ठूलो परिवर्तनको तयारी गरिरहेका बेला गेब्रिएलको प्रधानमन्त्रीको रूपमा यो नियुक्ति भएको हो ।

आफ्नो उमेरभन्दा झण्डै दोब्बर भएकी प्रधानमन्त्री एलिजाबेथ बोर्नलाई ग्याब्रियल एटलले प्रतिस्थापन गरेका छन् । उनको राजीनामापछि एटलको पद लगभग निश्चित मानिएको थियो । एलिजाबेथ बोर्नको राजीनामाको कारण नयाँ अध्यागमन कानूनलाई लिएर बढ्दो राजनीतिक तनाव रहेको मानिन्छ ।

राष्ट्रपति म्याक्रोनले यो कानुनको समर्थन गरेका थिए । राष्ट्रपतिले सोमबार उनको राजीनामा स्वीकृत गरी मंगलबार नयाँ प्रधानमन्त्रीको नाम घोषणा गरेको बताइएको छ । ६२ वर्षीया एलिजाबेथ बोर्नलाई मे २०२२ मा देशको प्रधानमन्त्री नियुक्त गरिएको थियो । उनी झण्डै दुई वर्षदेखि यो पदमा थिइन् । यो पदमा पुग्ने उनी फ्रान्सकी दोस्रो महिला प्रधानमन्त्री थिइन् ।

फ्रान्सका सबैभन्दा कान्छो प्रधानमन्त्री एटलको जन्म मार्च १९८९ मा भएको थियो । उनका बुबा यहूदी मूलका हुन् भने उनकी आमाका पुर्खाहरू ग्रीक–रूसी थिए। अटल घोषित रुपमा समलैंगिक छन् ।

फ्रान्सका नयाँ र कान्छो प्रधानमन्त्री गेब्रियल देशको शिक्षा मन्त्रीको रूपमा कार्यरत थिए । उनी राष्ट्रपति म्याक्रोनका नजिकका व्यक्तिहरूमा गनिन्छन् । उनी फ्रान्सका अहिलेसम्मकै कान्छो शिक्षामन्त्री पनि थिए । एटल समाजवादी शिविरका हुन् । सरकारको प्रवक्ताको हैसियतमा सुरु गर्दै एटल राजनीतिक सिँढीमा निरन्तर उक्लिएका छन् ।

पाँच वर्षअघि पहिलो पटक सरकारमा नियुक्त हुँदा उनी पाँचौँ गणतन्त्रको इतिहासमा सबैभन्दा कान्छो मन्त्री बनेका थिए । एटललाई एक समझदार, सहज राजनीतिक सञ्चालकको रूपमा चिनिन्छ । उनको वयस्क जीवनको अधिकांश समय राजनीतिमा बित्यो ।