२० मंसिर २०८२, शनिबार
,
Latest
यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

फ्रान्सको सबैभन्दा कान्छो प्रधानमन्त्री बने ३४ वर्षीय गेब्रियल एटल



अ+ अ-

एजेन्सी । राजनीतिक उथलपुथलको सामना गरिरहेको फ्रान्समा राष्ट्रपति इमानुएल म्याक्रोनले ३४ वर्षीय गेब्रियल एटललाई फ्रान्सको प्रधानमन्त्रीमा नियुक्त गरेका छन् ।

योसँगै गेब्रियल फ्रान्सको इतिहासमा सबैभन्दा कान्छो र पहिलो समलिङ्गी प्रधानमन्त्री बनेका छन् । उनी प्रधानमन्त्री पदबाट राजीनामा दिएका ६२ वर्षीया एलिजाबेथ बोर्नको स्थानमा आएका हुन् । यस वर्षको अन्त्यमा हुन लागेको युरोपेली संघको चुनावअघि म्याक्रोनले आफ्नो टोलीमा ठूलो परिवर्तनको तयारी गरिरहेका बेला गेब्रिएलको प्रधानमन्त्रीको रूपमा यो नियुक्ति भएको हो ।

आफ्नो उमेरभन्दा झण्डै दोब्बर भएकी प्रधानमन्त्री एलिजाबेथ बोर्नलाई ग्याब्रियल एटलले प्रतिस्थापन गरेका छन् । उनको राजीनामापछि एटलको पद लगभग निश्चित मानिएको थियो । एलिजाबेथ बोर्नको राजीनामाको कारण नयाँ अध्यागमन कानूनलाई लिएर बढ्दो राजनीतिक तनाव रहेको मानिन्छ ।

राष्ट्रपति म्याक्रोनले यो कानुनको समर्थन गरेका थिए । राष्ट्रपतिले सोमबार उनको राजीनामा स्वीकृत गरी मंगलबार नयाँ प्रधानमन्त्रीको नाम घोषणा गरेको बताइएको छ । ६२ वर्षीया एलिजाबेथ बोर्नलाई मे २०२२ मा देशको प्रधानमन्त्री नियुक्त गरिएको थियो । उनी झण्डै दुई वर्षदेखि यो पदमा थिइन् । यो पदमा पुग्ने उनी फ्रान्सकी दोस्रो महिला प्रधानमन्त्री थिइन् ।

फ्रान्सका सबैभन्दा कान्छो प्रधानमन्त्री एटलको जन्म मार्च १९८९ मा भएको थियो । उनका बुबा यहूदी मूलका हुन् भने उनकी आमाका पुर्खाहरू ग्रीक–रूसी थिए। अटल घोषित रुपमा समलैंगिक छन् ।

फ्रान्सका नयाँ र कान्छो प्रधानमन्त्री गेब्रियल देशको शिक्षा मन्त्रीको रूपमा कार्यरत थिए । उनी राष्ट्रपति म्याक्रोनका नजिकका व्यक्तिहरूमा गनिन्छन् । उनी फ्रान्सका अहिलेसम्मकै कान्छो शिक्षामन्त्री पनि थिए । एटल समाजवादी शिविरका हुन् । सरकारको प्रवक्ताको हैसियतमा सुरु गर्दै एटल राजनीतिक सिँढीमा निरन्तर उक्लिएका छन् ।

पाँच वर्षअघि पहिलो पटक सरकारमा नियुक्त हुँदा उनी पाँचौँ गणतन्त्रको इतिहासमा सबैभन्दा कान्छो मन्त्री बनेका थिए । एटललाई एक समझदार, सहज राजनीतिक सञ्चालकको रूपमा चिनिन्छ । उनको वयस्क जीवनको अधिकांश समय राजनीतिमा बित्यो ।