५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोत्तम सिमेन्टको साधारण शेयरको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल नियुक्त



अ+ अ-

काठमाडौं । सर्वोत्तम सिमेन्टको आइपिओ (साधारण शेयर) बिक्रि गर्न ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त भएको छ । काठमाडौँमा एक कार्यक्रमका बीच कम्पनीले ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रवन्धकको रुपमा नियुक्त गरेको हो । 

साथै कम्पनीले प्रभु क्यापिटल र एनआइबिएल एस क्यापिटललाई सहायक बिक्री प्रबन्धक समेत नियुक्त गरेको छ । सम्झौता पछिको पत्रकार सम्मेलनमा कम्पनीले चुक्ता पुँजीको १५ प्रतिशत ६० लाख कित्ता बराबरको आइपिओ बिक्रि गर्न लागेको बताएको छ । 

हाल कम्पनीको ३ अर्ब ४० करोड रुपियाँ चुक्ता पुँजी रहेको छ । बुक विल्डिङ विधिमार्फत् बिक्रि हुने आईपीओको न्यूनतम मूल्य ७५० रुपैयाँ तय गरिने कम्पनीले जानकारी दिएको छ । सर्वोत्तम सिमेन्टले बुक विल्डिङको माध्यमबाट आईपीओ जारी गर्ने तयारी गरेको छ । 

नेपालमा बुक विल्डिङको माध्यमबाट आईपीओ जारी गर्ने सर्वोत्तम सिमेन्ट पहिलो कम्पनि बन्नेको छ । कम्पनीको ६० लाख कित्ता आइपीओ मध्ये २४ लाख कित्ता सेयर संस्थागत लगानीकर्ताका लागि र बाँकी रहेको ३६ लाख कित्तामध्ये ८ लाख कित्ता स्थानीयबासीलाई, ३ लाख कित्ता कर्मचारीलाई र २५ लाख कित्ता सर्वसाधारणका लागि जारी गर्नेछ ।