२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले यहाँ सित्तैमा जग्गा र घर दिँदै छ, तापनि कोही बस्न चाहँदैनन् किन ?



अ+ अ-

एजेन्सी । सबैको सपना राम्रो ठाउँमा आफ्नो घर होस् भन्ने हुन्छ । घर त्यस्तो ठाउँ हुनुपर्छ जहाँ शान्तिसँगै सबै सुखसुविधा र विलासिताहरू छन् । सामान्य मानिसले आफ्नो जीवनभरको कमाइ घर बनाउन खर्च गर्छ ।

यदि कसैले तपाईंलाई घर बनाउन सित्तैमा जग्गा दिन्छ भने, के तपाईंले प्रस्ताव अस्वीकार गर्नुहुन्छ ? जनताले सित्तैमा बस्नका लागि जग्गा पाइरहेका छन्, तर कसैले लिन चाहँदैनन् । यसको कारण के हो र कुन ठाउँ हो भन्नेबारे चर्चा गरौँ ।

मानिसहरू शान्तिको खोजीमा टापुहरूमा जान्छन्, तर यहाँ बस्न चाहँदैनन् । यस्तो ठाउँमा जग्गा र घर सित्तैमा पाइन्छ भन्ने थाहा भयो भने के गर्नुहुन्छ ?

अहिले कतिपय देशमा बढ्दो जनसङ्ख्याले हैरानीमा परेको छ, यस्तो बेला एकै ठाउँमा मानिसहरूलाई बोलाएर बसाइन्छ, तर के तपाई यो ठाउँमा जान चाहनुहुन्छ ? त्यो ठाउँ पिटकेर्न आइल्याण्ड हो । यहाँको सरकार जनसंख्यालाई लिएर चिन्तामा छ । यहाँ आउने र बसोबास गर्नेलाई सरकारले सित्तैमा जग्गा दिइरहेको छ । तर, यसका बाबजुद २०१५ यता यहाँ एउटा मात्र आवेदन फारम आएको छ ।

मिडिया रिपोर्टका अनुसार यो संसारको सबैभन्दा सानो समुदाय हो, जहाँ ५० जना मात्रै बस्छन् । यहाँ दुई जना मात्र बालबालिका छन् र यहाँ कुनै विद्यालय छैन । बालबालिका पढ्न बाहिर जानुपर्छ । यहाँ सहरको कोलाहल छैन र यहाँका मानिसहरु आफ्नो सानो संसारमा खुशी छन् ।

यस टापुमा बस्ने २१ वर्षीया टोरिका क्रिस्चियन भन्छिन्, ‘एक माइल लामो र एक माइल चौडाइको यो टापु संसारभन्दा फरक छ । यहाँ कुनै एयरपोर्ट छैन । यहाँ मानिसहरू सप्लाई जहाजबाट यात्रा गर्छन् । सबैभन्दा ठूलो कुरा यो हो कि आपूर्ति गर्ने मान्छे हप्तामा दुई दिन मात्र आउँछ । यो जहाज पिटकेर्न आइल्याण्डबाट गाम्बियर आइल्याण्डसम्म चल्छ ।

यही जहाजबाट पर्यटक यहाँ आउने गर्छन् । यो टापु सन् १९७८ मा बसोबास गरिएको थियो । यहाँका मानिसहरूले टापुको टिकट, नमूना जहाज र फिश वालबाट आम्दानी गर्छन् । यहाँ एक जनरल स्टोर, जिम, मेडिकल सेन्टर, पुस्तकालय, पर्यटन कार्यालय र आधारभूत सुविधाहरू पनि छन् । तर, यहाँ मानिसहरू बस्न चाहँदैनन् ।