२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित)
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तरिक्षमा बनाइने पहिलो होटल सन् २०२७ बाट संचालन हुने (फोटोफिचर)



अ+ अ-

एजेन्सी । अमेरिकी कम्पनी गेटवे फाउन्डेसनले अन्तरिक्षमा बनाउने भनिएको होटल सन् २०२७ भित्र संचालनमा आउने भएको छ। सीएनएनका अनुसार उक्त होटल भ्रमणमा जान एकपटकमा एक व्यक्तिले २ लाख ५० हजार अमेरिकी डलर तिर्नुपर्नेछ।

सन् २०१९ मा ल्याइएको अवधारणाअनुसार गेट वे फाउन्डेसनले क्रुज जहाजजस्तै होटल अन्तरिक्षमा बनाउनेछ। अर्बिटल एसेम्ब्ली कर्पोरेसनले यो होटल बनाउने जिम्मा पाएको छ। पूर्व पाइलट जोन ब्लिन्कअले यस कम्पनी चलाइरहेका छन्।

उनी नै गेटवे फाउन्डेसनका प्रमुख पनि हुन्। उनी भन्छन्,‘हामी सर्वसाधारणलाई यो महसुस गराउन चाहन्छौं कि अन्तरिक्षमा भ्रमण गर्ने सुनौलो समय सुरु भयो। यो चाँडै आउँदैछ।’ यसअघि अन्तरिक्षलाई पर्यटकीय क्षेत्र बनाउने विषयमा अमेजनका कार्यकारी अधिकृत जेफ बेजास तथा स्पेस एक्सका प्रमुख एलन मस्कबीच पनि कुराकानी भएको थियो।

तर जोन ब्लिन्कअले भने हाल कसैसँग सहकार्य नगर्ने र पछि मात्र यसबारेमा सोचिने बताएका छन्। यदी तपाइँको अन्तरिक्षयात्री बन्ने चाहना छैन भनेपनि अब अन्तरिक्षमा जाने सम्भावना भने बढेर गएको छ। (सीएनएन)