४ पुष २०८२, शुक्रबार
,
Latest
निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस्: मन्त्री खरेल नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदैः रास्वपा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे, अन्तरिम सरकार पनि विगतको भन्दा फरक पाएनौँः अध्यक्ष सिंह एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो जेनजी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने सञ्चारमन्त्रीको घोषणा एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानको घाटा बजेट पूर्ति गर्न मुद्राकोषबाट ४६ प्रतिशत ऋण



अ+ अ-

काबुल । अन्तर्राष्ट्रिय मुद्रा कोषले अफगानिस्तानका लागि २२ करोड ५० लाख अमेरिकी डलर ऋण सहायता उपलब्ध गराउने भएको छ । 

चालू आर्थिक वर्षका लागि अफगानिस्तानको राष्ट्रिय बजेटमा रहेको घाटा पूर्ति गर्न प्रदान गरिने उक्त ऋण करिब ४६ प्रतिशत रहेको स्थानीय संचार माध्यमले जनाएका छन् ।

यो सहित अफगानिस्तानको कूल राष्ट्रिय ऋण एक अर्ब ५० करोड डलर पुगेको छ । मुद्राकोषले प्रदान गर्ने ऋण यसअघि अफगानिस्तानले तिर्नु बुझाउनुपर्ने ऋणको पुनर्भुक्तानीका लागि हो ।

अफगानिस्तानको पर्सियाली पात्रो अनुसार डिसेम्बर २१ देखि नयाँ आर्थिक वर्ष शुरु हुने गर्दछ । अफगानिस्तानको चालू आर्थिक वर्षको कूल बजेट करिब ६ अर्ब डलर रहेको छ जसमा करिब ४ अर्ब चालू खर्च र करिब २ अर्ब पूँजीगत खर्च रहेको छ ।

गृहयुद्ध र दिनहुँका हिंसाका कारण सङ्कटमा परेको अफगानिस्तानमा गरिबी, बेरोजगारी र सुख्खाले आम मानिसको दैनिक जीवन निकै कष्टमय बनाएको छ । 

अफगानी अधिकारीहरुका अनुसार सन् २०१९ मा करिब ५५ प्रतिशत अफगानी नागरिक गरिबीको रेखामुनि रहेका छन् । तर, विश्व बैंकको भनाईमा गत वर्ष गरिबीको रेखामुनि रहेका मानिसको संख्या ७२ प्रतिशतसम्म पुगेको छ ।