१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar २६ वर्षमा रेमिट्यान्सको पर्याय बन्यो आइएमई : अध्यक्ष ढकाल News Polar उच्च ब्याजदर र जहाज अभावले संकटमा नेपाल एयरलाइन्स News Polar प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा २५ जना, को–को छन् सल्लाहकार र कर्मचारी? News Polar कांग्रेस महाधिवेशनको तयारी तीव्र, खुलामञ्चमा मञ्च निर्माण हुँदै- तस्विरसहित News Polar लगानी र व्यवसायमैत्री वातावरण बनाउन २८ कानुन संशोधन गर्न महासंघको सुझाव News Polar गाजामा इजरायली हवाई आक्रमणः चार प्यालेस्टाइनीको मृत्यु, १० घाइते News Polar अफगानिस्तानको इस्लाम काला सीमा नाकामा भीषण आगलागीः १८ वटा इन्धन ट्याङ्कर जलेर नष्ट News Polar निर्माणाधीन ट्रान्समिसन लाइनको अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय, १२ प्रसारण लाइनको काम यसै वर्ष सकिने News Polar खोप सेवाको सुक्ष्म कार्ययोजना तयार गर्दै काठमाडौँ महानगरपालिका News Polar जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात News Polar हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित News Polar गाउँमै रोजगारीको बाटो खोज्दै भोजपुरका युवा News Polar तनहुँमा चैते धान प्रवर्द्धन गरिँदै News Polar रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द   News Polar म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु News Polar तटबन्धले जोगायो गैँडाकोटको बस्ती News Polar नेपाली क्रिकेट टोली जापानबाट स्वदेश फिर्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

चिसो याममा पनि बिक्दैनन् बख्खु र काम्ला

चिसो याममा पनि बिक्दैनन् बख्खु र काम्ला
अ अ+ अ-

ढोरपाटन । “हाम्रो पालामा अहिलेको जस्तो कपडाहरु पाइँदैनथ्यो, खुट्टामा जुत्ता चप्पल लगाउने चलन थिएन, ऊनको कपडा ओढेर चिसो छल्ने गथ्र्यौं, घरपिच्छे मान्छेहरुले घुम, काम्लो, भाङ्ग्रा बुन्थे तर अहिले कसैले पनि बुन्दैनन्, बुने पनि बिक्री नै हुँदैन,” भन्नुहुन्छ, निसीखोला गाउँपालिका–६ का ७४ वर्षीय वीरमान बुढामगर । उहाँ अहिले पनि प्राय:जसो भेडाकै रौँबाट बनेका कपडा प्रयोग गर्नुहुन्छ । पहिले जोडमा न्यानो र गर्मीमा शीतल हुने हँुदा ऊनकै कपडा बढी प्रयोग हुन्थे तर हिजोआज गाउँघरमा पनि सबै प्रकारका कपडा आउन थालेपछि परम्परादेखि चलनचल्तीमा आएका भेडाका रौँका कपडा कम प्रयोग हुने गरेको उहाँको भनाइ छ ।

भेडापालक किसान घट्दै गएकाले तिनको भुत्लाबाट बन्ने कपडा पनि निकै कम मात्रामा उत्पादन हुँदै आएको छ । पहिले गाउँका हरेक व्यक्तिमा काम्लो, भाङ्ग्रालगायत कपडा बुन्ने सीप थियो तर अहिले थोरैले मात्र कपडा बुन्ने काम गर्दै आएको बुढामगर बताउनुहुन्छ । दिनप्रतिदिन बजारको सुविधा गाउँमा पनि पुग्न थालेसँगै गाउँका मौलिक संस्कृति ओझेलमा पर्दै गएको र युवा पुस्ताले ऊनबाट बनेका कपडा प्रयोग गर्नाको साटो विदेशी महङ्गा कपडा लगाउन खोज्ने गरेको उहाँको भनाइ छ ।

ढोरपाटन नगरपालिका–९ की बिनु पुनमगर अहिले पनि फुर्सदमा तिनै भुत्ला बाटेर कपडा बनाउने गर्नुहुन्छ । घर्किंदो उमेरमा पनि उहाँ निकै आकर्षक कपडा बुन्ने गर्नुहुन्छ । तर धेरै समय लगाएर तयार भएका कपडा बिक्री भने नहुने पुनमगरको गुनासो छ । एघार वर्षको उमेरदेखि आमा, हजुरआमा र छिमेकीहरुबाट कपडा बनाउन सिक्नुभएका उहाँ डेढ दशक अगाडिसम्म निकै व्यापार हुने गरे पनि अहिले एउटा पनि बिक्री गर्न नसकेको बताउनुहुन्छ ।

“हाम्रो जमानामा अहिलेको जस्तो लुगा पाउन मुस्किल हुन्थ्यो, गाउँघरमै बनाएर लगाउने गरिन्थ्यो, जसरी भए पनि जाडो छेक्न पाए हुुन्थ्यो, एकपटक बजारबाट ल्याएको कपडा वर्षौंसम्म लगाइन्थ्यो तर अहिले त गाउँगाउँमा लुगा पसल आए, जतिबेला किने पनि भयो, जस्तो किने पनि भयो”, पुनमगर भन्नुहुन्छ, “उतिबेला अहिलेको जस्तो सुविधा थिएन, एक जोर कपडा किन्न हजारौँ खर्च गरेर बजार पुग्नु पथ्र्योे, त्यसबेला धेरै काम्लो, बख्खु र भाङ्ग्रा बिक्री हुन्थे अहिले ती कपडा कसैले पनि किन्दैन, कहिलेकाहीँ विदेश जानेले मात्र रहर गरेर लैजान्छन् ।”

पश्चिम बागलुङको माथिल्लो क्षेत्रमा यदाकदा ऊनका कपडा देखिन्छन् । यस क्षेत्रमा बस्ने अधिकांश मानिस भेडापालन गर्ने हुँदा ऊनका कपडा बढी लगाउने गर्थे । एकै परिवारले हजारौँ भेडा पाल्ने हुँदा तिनका भुत्लाबाट कपडा बनाउने गरिन्थ्यो । पछिल्लो समय युवा पुस्ताले सहर बजार र विदेश रोज्न थालेपछि भेडापालन नै सङ्कटमा पर्ने डर बढेको छ । वर्षौं पहिलेदेखि पुस्तान्तरण हुँदै आएको भेडापालनमा अहिले कमी आएको छ । अहिले पनि माथिल्लो खर्कहरुमा पुग्दा भेडाका बथान भेटिन्छन् । भेडापालन गर्ने अधिकांश बूढापाका नै हुन्छन् । भुत्लाबाट बनेको हापदुला, काम्लो, बख्खु, घुमलगायत कपडाले वर्षाबाट ओत दिनाका साथै हिउँमा जाडो छेक्ने गर्मीमा घाम छेक्ने हुँदा निकै उपयोगी मान्छिन् ।

तमानखोला गाउँपालिका–३ का भीमबहादुर रोका अहिले पनि भुत्लाबाट धेरै थरीका कपडा बनाउनुहुन्छ । सयौँको सङ्ख्यामा भेडा पाल्नुभएका उहाँ हिउँदमा बेँसी र बर्खामा लेकमा बिताउने गर्नुहुन्छ । लेक–बेँसीमा बस्दा रोका फुर्सद निकालेर काम्लो, हापदुला र बख्खु बन्नुहुन्छ । गाउँघरमा बिक्री नहुने कपडालाई उहाँ विदेश पठाउने गर्नुहुन्छ । एउटा बख्खुको रु २० हजारदेखि ४० हजारसम्म पर्छ । पहिले–पहिले वर्षमा १५/२० वटा काम्लो, बख्खु र भाङ्ग्रा बेच्ने गरेकामा अहिले चारपाँचवटा पनि बिक्री नहुने रोका बताउनुहुन्छ । रासस