२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

चार विषयमा मास्टर्स, कानुनमा पिएचडी गरेका प्रोफेसर ठेलामा तरकारी बेच्दै



अ+ अ-

एजेन्सी । चार विषयमा स्नातकोत्तर र कानुनमा पिएचडी गरेपछि जो कोहीले पनि आफूलाई सेतो रङको जागिरमा हेर्न चाहन्छन्, तर त्यसको बाबजुद पनि त्यो जागिरमा परिवारको खर्च धान्न मुस्किल पर्दा ती व्यक्ति जे सुकै गर्न तयार हुन्छ ।

पञ्जाबका डाक्टर सन्दीप सिंहसँग पनि यस्तै भएको छ । ३९ वर्षीय डा. सन्दीप सिंह पञ्जाबी विश्वविद्यालय, पटियालामा एक अनुबंधित प्रोफेसर थिए । तर, परिस्थितिका कारण उनले जागिर छोडेर तरकारी बेचेर पैसा कमाउन थाले ।

डा. सन्दीप सिंह पञ्जाबी विश्वविद्यालयको कानुन विभागमा ११ वर्षसम्म करारमा प्राध्यापक थिए । उनले कानुनमा पिएचडी गरेका छन् । पञ्जाबी, पत्रकारिता र राजनीति शास्त्र सहित चार स्नातकोत्तर डिग्री गरेका छन् र अझै पनि आफ्नो पढाइलाई पछ्याउँदै छन् ।

तलब कटौती र अनियमित तलबजस्ता अवरोधको सामना गर्दै डा सन्दीप सिंहले जागिर छाडेको बताइएको छ । उनले भने, ‘समयमै तलब नपाएको र पटक–पटक तलब कटौती हुने गरेकोले जागिर छाड्नुपरेको हो । मलाई त्यो जागिरबाट बाँच्न गाह्रो भयो, त्यसैले मैले आफ्नो र मेरो परिवारको लागि जीविकोपार्जन गर्न तरकारी बेच्न थालें ।’

आफ्नो तरकारी ठेला र त्यसमा ‘पिएचडी सब्जीवाला’ बोर्ड लगाएर, डा. सन्दीप सिंह हरेक दिन घर–घरमा तरकारी बेच्छन् । घरघरमा तरकारी बेच्ने डा सन्दीप सिंह करारमा प्राध्यापक भएर आफुले पाएको भन्दा बढी तरकारी बेचेर कमाएको बताउँछन् । तरकारी बेचेर घर फर्केर परीक्षाको तयारी गर्न पढ्छन् । डा. सन्दीप सिंहले अध्यापनबाट विश्राम लिए पनि आफ्नो जोश छाडेनन् । उनी पैसा बचत गरेर एक दिन आफ्नै ट्युसन सेन्टर खोल्न चाहन्छन् ।