२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेकअप गरेर मात्र अफिस जान पाइने !



सांकेतिक तस्बिर
अ+ अ-

एजेन्सी । हालसालै साउथ चाइना मर्निङ पोस्टको एक रिपोर्टमा एक चिनियाँ कम्पनीलाई लिएर ठूलो हंगामा भएको बताइएको छ ।

कारण यो हो कि उक्त कम्पनीले आफ्ना महिला कर्मचारीहरूलाई आफ्ना पुरुष सहकर्मीहरूलाई उत्प्रेरित गर्न हल्का मेकअप लगाउन भनेको छ । कम्पनीका कार्यकारी अधिकृत लुओले आफ्ना पाँच महिला सहकर्मीसँग ‘वी च्याट’मा सामूहिक कुराकानी गरेपछि हंगामा सुरु भयो ।

यस कुराकानीका क्रममा लुओले महिला कर्मचारीलाई मेकअप लगाउन अनुरोध गर्दै यसले आफ्नो टोलीको मनोबल बढ्ने बताए ।

लुओले महिलाहरूलाई लेखे, ‘लेडिज, डिसेम्बरदेखि हल्का मेकअप लगाएर काममा आउनुहोस्, यसले हाम्रो टोलीको मनोबल बढाउनेछ । हाम्रा पुरुष सहकर्मीहरूले तपाईंको लागि साँझको चियाको पैसा तिर्नेछन् ।’

तर मेकअपको बारेमा लुओको सन्देशलाई महिलाहरूले राम्रो प्रतिक्रिया दिएनन् । यसका लागि लुओले अर्को म्यासेजमा भनेका छन्, ‘मेसेज आएपछि जवाफ दिनुहोस् नत्र तपाईको कामको बोनस घटाइनेछ ।’ सामाजिक सञ्जालमा प्रभाव पार्ने कम्पनीकी एक महिला कर्मचारीकी साथीले लुओको मेकअप म्यासेज अनलाइन सेयर गरेपछि यो सम्पूर्ण कुरा बाहिर आएको हो । यो कथा द्रुत गतिमा फैलियो र चीनका धेरै स्थानीय मिडियाले यसलाई रिपोर्ट गरे ।

बढ्दो आक्रोशको बीचमा, लुओले आफ्नो स्पष्टीकरण दिए । उनले आफ्नो मेकअप म्यासेजलाई मजाकका रुपमा लिएको र ग्रुप च्याटबाट हटाएको दाबी गरे । उनले भने, ‘यो एउटा ठट्टा मात्र थियो, हामीले हटाएका छौं । सबैलाई थाहा छ यस्तो नियम छैन ।’