१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेशको नाम उल्लेख नगरी मुख्यमन्त्रीले शुभकामना दिएपछि…



अ+ अ-

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफ्नो प्रदेशको नाम नै उल्लेख नगरी तमु ल्होसारका अवसरमा शुभकामना दिनुभएको छ ।

नेपाल सरकारको निशाना छापसहित मुख्यमन्त्री, विराटनगर, नेपाल मात्र उल्लेख भएको शुभकामना सन्देशमा उहाँले कतै पनि कोशी प्रदेश उल्लेख गर्नुभएको छैन । लेटरहेडमा उल्लिखित विराटनगर, नेपालले कतै पनि प्रदेशको नाम के हो भन्ने जानकारी दिन सक्तैन । प्रदेशको नाम कोशीलाई लिएर अहिले पनि त्यहाँ विवाद जारी छ । पहिचानवादीहरुले प्रदेशको नाम कोशी राखिएकामा विरोध गरिरहेका छन् ।

उनीहरुले पहिचानका आधारमा प्रदेशको नाम राखिनुपर्ने माग गर्दै आएका छन् । सम्भवतः पहिचानवादीहरुको विरोध र दबाबकै कारणले मुख्यमन्त्री कार्कीले शुभकामना सन्देशमा प्रदेशको नाम उल्लेख नगरेको हुनसक्छ ।