२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ

चीनका युवावारे सर्वेक्षण गरे यस्तो खलासा

चीनका युवावारे सर्वेक्षण गरे यस्तो खलासा
अ अ+ अ-

बेइजिङ । चीनका ६० प्रतिशत युवा राति ११ बजेपछि मात्रै सुत्न जाने गरेको एक सर्वेक्षणले देखाएको छ ।

चाइना युथ डेलीले हालै गरेको सर्वेक्षणमा सहभागी युवामध्ये ६० प्रतिशतले राति ११ बजेपछि मात्रै सुत्न जाने गरेको जवाफ दिएका हुन् ।  

आइतबार पर्ने २१औँ विश्व सुताई दिवस (वल्र्ड स्लिपिङ डे) को अवसर पारेर यो सर्वेक्षणको प्रतिवेदन सार्वजनिक गरिएको सर्वेक्षणकर्ताहरुले जनाएका छन् ।

सर्वेक्षण्मा दुई हजार दुई जना सहभागी भएका थिए । उनीहरु १८ देखि ३५ वर्षसम्मका थिए । सर्वेक्षणमा सहभागी ८।५ प्रतिशतले मात्रै आवश्यकता अनुसारको सुताई मानिने ८ घण्टा सुत्ने गरेको जवाफ दिएका थिए ।

बेइजिङस्थित एउटा निजी कम्पनीमा कार्यरत २९ वर्षीय हु बोले मध्यरातभन्दा अगाडि कहिले कहिले मात्रै सुत्ने गरेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “हरेक दिन बेलुका ८ बजेपछि मात्रै म कार्यालयबाट काम सकेर आउने गरेको छु, कहिलेकाहिँ त भोकै पनि हुने गरेको छु, सुत्न जानुभन्दा अगाडि कम्युटर, ल्यापटप, मोबाइल, फोनलगायतमा भुल्ने गरेको छु, त्यसैले सुत्न ढिलो हुन्छ ।”

सुत्नका लागि विस्तारामा गएपछि पनि आधादेखि एक घण्टासम्म निदाउन समय लाग्ने हुले बताउनुभयो ।  

उहाँजस्तै झण्डै ११ प्रतिशत युवाले सुतेको ३० मिनेटभन्दा अगाडि निदाउन नसक्ने गरेको जवाफ दिएका थिए ।

सुताइको गुणस्तर र सन्तुष्टिका बारेमा सोधिएको प्रश्नमा झण्डै आधा युवाले सन्तोषजनक रहेको उत्तर दिएका थिए । 

सर्वेक्षणमा सहभागीमध्ये ४६ प्रतिशतले गहिरो निद्रा सहित सपना देख्ने गरेको, ४५।४ प्रतिशतले पातलो निद्रा लाग्ने गरेको र ३३।१ प्रतिशत बिहान चाँडै व्युझिने गरेको बताएका थिए । यिनीहरु नै सुताई सम्बन्धी उनीहरुका मुख्य समस्या पाइएको थियो । 

गुणस्तरीय सुताई नहुुनु मानसिक तथा शारीरिक स्वास्थ्यका लागि घातक हुने गरेको पनि सर्वेक्षणबाट देखिएको थियो । राम्रोसँग नसुत्नेहरुबाट कामको नतिजा पनि राम्रो नआउने गरेको र उनीहरुको काममा समेत असर पर्ने गरेको पाइएको सर्वेक्षणकर्ताहरुले बताएका छन् ।