१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु

तनहुँको विकासमा राष्ट्रपतिको चासो, विकासका काम तिव्रगतिमा

तनहुँको विकासमा राष्ट्रपतिको चासो, विकासका काम तिव्रगतिमा
अ अ+ अ-

दमौली । राष्ट्रपति रामचन्द्र पौडेलले गृह जिल्ला तनहुँमा सञ्चालित राष्ट्रिय गौरवका तथा अन्य विकासका योजना समयमा विषेश चासो व्यक्त गर्दै आउनुभएको छ ।

जसका कारणले गौरवको आयोजना तनहुँ हाइड्रोपावर, राष्ट्रिय योजनाहरू पृथ्वी राजमार्ग स्तरोन्नति, डुम्रे–बेँसीसहर सडक आयोजना, भानु मार्ग, बुद्धसिंह मार्गको काम तिव्र गतिमा अगाडि बढेको छ । राष्ट्रपति पौडेलकै विषेश चासोका कारण तनहुँ सभा हलको निर्माण सम्पन्न भई उदघाटन समेत भइसकेको छ ।

त्यसैगरि राष्ट्रपति पौडेल व्यास मार्ग, घुमाउनेको मोटरेबल पुल, देवघाट ठिंगुराको मोटरेबल पुल, गाइघाटको पुल, ५ सय फाँट देखि सत्रसयसम्म मादी मस्र्यादी करिडोर, कालिमाटी कुन्छा मार्ग, सिंहपथ, कालिका मार्ग, क्यामिन मार्ग, दमौली शान्तिनगर मोटररेवल पुल, कलेस्ती मोटरेवेल पुल निर्माणका लागि सम्बन्धित निकायलाई ताकेता गर्नुभएको छ । उहाँले सडक विभागसम्बद्ध अधिकारीहरूलाई बोलाएर छलफल गरि विकास निर्माणका कामलाई छिटोछरितो बनाउन आग्रह गर्दै आउनुभएको छ ।

गत असोज ६ गते व्यास नगरपालिका –३ बिपी वन बाटिका, दमौलीमा निर्माण गरिएको जिल्ला सभाहलको शनिबार उद्घाटन गर्दै राष्ट्रपति पौडेलले राजनीतिमा हात नहाल्ने तर विकासबाट हात नझिक्ने प्रतिबद्धता जनाउनुभएको थियो । सोहि अनुरूप उहाँले तनहुँको विकास निर्माणका कामको प्रगतिका बारेमा सचिवालयबाट अनुगमन गराउने, जनप्रतिनिधिहरूलाई अनुगमन गराउने र सम्बन्धित निकायलाई घचघच्याउने काम निरन्तर गरेका कारणले विकास निर्माणका कामले तिव्रता पाएको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो ।

देवघाट ठिंगुराको मोटरेबल पुल निर्माण समितिका अध्यक्ष टंकनाथ पौडेलले देवघाट ठिंगुराको पुल अलपत्र अवस्थामा रहेको र राष्ट्रपति पौडेलको पहलमा अर्थमन्त्रालयले थप वजेटको व्यवस्था गरेपछि फेरि निर्माण कार्य सुरु भएको बताए । पौडेलले भने–‘यो पुल निर्माणमा एकदमै ढिलाई भएपछि राष्ट्रपतिज्यूले चासो व्यक्त गरेपछि अहिले निर्माण कार्य तिव्र बनेको छ ।’ राष्ट्रपति पौडेलले आफ्नै पहलमा सुरुवात भएको केशवटार मार्ग, बुद्धसिंह मार्ग, व्यास मार्ग लगायतका सडकको स्तरोन्उतिका लागि चासो दिएका कारण ती सडक निर्माण अहिले तिव्र गतिमा भइरहेको बताइएको छ ।

व्यासको १०८ फिटको मूर्ति निर्माण, व्यास–पराशर पार्कलगायतको माध्यमबाट धार्मिक गन्तव्य बनाउने, राष्ट्रिय विभूति आदिकवि भानुभक्तको जन्मस्थल चुँदीरम्घा र त्यस आसपासको क्षेत्रलाई साहित्यिक तीर्थधाम बनाउने तथा राष्ट्रिय एकताको केन्द्र बनाउने कामलाई पनि राष्ट्रपति पौडेलले अग्रसरता लिएको भानु नगरपालिकाका अध्यक्ष आनन्दराज त्रिपाठीले बताउनुभयो ।

त्रिपाठीले भन्नुभयो –‘आदिको काममा ढिलाइ भएकोबारे राष्ट्रपतिसमक्ष जानकारी गराएका थियौ । राष्ट्रपतिज्यूले विकासका बारेमा चासो राखी प्रगतिबारे जानकारी लिने गर्नुभएको छ ।’ त्यस्तै देवघाट गाउपालिकामा अत्याधुनिक बृद्धाश्रम निर्माणमा पनि लागि राष्ट्रपति पौडेलले पहल थाल्नुभएको छ । तातोपानी र लिफ्ट सहितको बृद्धाश्रम निर्माणका लागि जग्गा खोजी कार्य भइरहेको छ । देवघाट गाँउपालिकाका अध्यक्ष तीलबहादुर थापाकाले बृद्धाश्रम बनाउने विषय राष्ट्रपति पौडेल आफैले अग्रसर भएर थाल्नुभएको हो ।

तनहुँमा राष्ट्रपति पौडेलकै पहलमा शुक्लागण्डकी नगरपालिकामा निर्माण भएको जीपी कोइराला राष्ट्रिय स्वास्प्रस्वास उपचार केन्द्रको स्तरोन्ती, तल्लो तनहुँ जलविद्युत आयोजना काम अगाडि बढाउनका लागि पनि राष्ट्रपति पौडेलले चासो राख्दै सम्बन्धीत अधिकारीहरूसँग छलफल गरिरहनुभएको छ । राष्ट्रपति पौडेलले तनहुँमा निर्माणाधिन रहेका अन्य पुल तथा बाटोहरूको काम समयमा नै सम्पन्न गर्नका लागि सम्बन्धित निकायका अधिकारीहरूलाई बोलाएर दबाब दिइरहनुभएको छ ।