२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

उच्च स्तरीय आयोग बनाई डेडिकेटेड र ट्रङ्कलाइन विवाद तत्काल सम्बोधन गर्न अध्यक्ष ढकालको आग्रह



फाईल फोटो
अ+ अ-

दोलखा: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उच्च स्तरीय आयोग बनाई डेडिकेटेड र ट्रङ्कलाइनमा देखिएको विवाद तत्काल समाधान गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।

शुक्रबारबारदेखि चरिकोटमा सुरुभएको दोलखा महोत्सवको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष ढकालले मुलुकको अर्थतन्त्र समस्यामा रहेको अहिलेको समयमा डेडिकेटेड र ट्रङ्कलाइनको विवादले व्यवसायीहरुको मनोबल घट्ने र मुलुकमा लगानीको वातावरण थप विग्रने बताउँदै उच्च स्तरीय आयोग बनाई यसको तत्काल सम्बोधन गर्नुपर्ने बताउनुभएको छ ।

समस्यामा रहेको मुलुकको अर्थतन्त्र विस्तारै सहज हुने अपेक्षा रहेको अहिलेको समयमा फेरि नेपाल विद्युत प्राधिकरण र व्यवसायीहरुबिच देखिएको विवादले अर्थतन्त्रमा थप समस्या सृजना हुन सक्ने बताउँदै उहाँले यसको तत्काल समाधान गर्न जरुरी रहेको बताउनुभयो ।

उहाँले उच्च स्तरीय आयोग बनाई अहिलेको समस्याको समाधान गर्न सके यसबाट सधैको लागि यस्ता किसिमका समस्याहरुको समाधान आउने पनि बताउनुभयो ।

अहिले मुलुकको अर्थतन्त्र विस्तारै सुधार हुने संकेत देखिएको बताउँदै यसकालागि सरकारले पब्लिक कन्फिडेन्स बढाउने खालका कार्यक्रम ल्याउन समेत आग्रह गर्नुभयो ।
निजी क्षेत्रको आवाजलाई सम्बोधन गर्दै प्रधानमन्त्रीको अध्यक्षतामा सर्वदलीय र सर्वपक्षीय छलफलको आयोजना गरेको प्रति विशेष आभार व्यक्त गर्दै अध्यक्ष ढकालले त्यसले आम निजी क्षेत्र र पब्लिकको कन्फिडेन्स बढाउन सहयोग पुगको बताउनुभयो