काठमाडौं । रोजगार अनुमति प्रणाली (इपिएस) आवेदन फारम भर्न नपाएको भन्दै केही युवाले आज ललितपुरको बालकुमारी क्षेत्रमा प्रर्दशन गरे ।
प्रर्दशनका क्रममा नै उनिहरुले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरे । आगजनी पछि त्यस क्षेत्रको अबस्था तनाबपूर्ण रह्यो ।
स्थितीलाई नियन्त्रणमा दिन प्रहरीले सबै बल प्रयोग गर्यो । प्रहरीले स्थिती नियन्त्रणमा दिन भन्दै चलाएको गोली लागेर दुई युवाको ज्यान गएको छ । केही गम्भिर घाईते भएका छन् ।
प्रहरीले हानेको गोली पाईन्टको खल्तीमा राखेको मोवाईलमा लागेर बाचेका युवाले तस्वीरहरु सामाजिक संञ्जालमा राखेको छन् ।