११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा

गोर्खालीले २५ वर्ष शासन गरेको पिथौरागढ किल्ला

गोर्खालीले २५ वर्ष शासन गरेको पिथौरागढ किल्ला
अ अ+ अ-

पिथौरागढ । कुमाउँका प्रसिद्ध कवि गुमानी पन्तले आफ्नो कवितामा लेखेका छन् ।

“दिन–दिन खजाना का भार का बोकिया ले,
शिव शिव चुलि में का बाल नैं एक कैका ।
तदपि मुलुक तेरो छोड़ि नैं कोई भाजा,
इति वदति गुमानी धन्य गोर्खाली राजा ।।”

अर्थात् हरेक दिन खजानाको बोझ बोकेर जनताको टाउकोको कपाल उड्यो तर गोरखाको शासन छोडेर देशको कोही पनि नागरिक भागेनन् । त्यसैले हे गोर्खाली राजा तिमी धन्य छौ । भारतको उत्तराखण्डको पिथौरागढस्थित गोर्खाली किल्ला चारैतिरबाट नौ फिट अग्लो पर्खालले घेरिएको छ । पर्खालको चौडाइ पाँच फिट चार इन्च छ । पर्खालमा बन्दुक चलाउन मिल्ने एक सय ५२ वटा प्वाल छन् ।

नालापानी किल्ला जस्तै पिथौरागढको गोर्खाली किल्ला पनि गोर्खालीको बहादुरीको इतिहाससँग जोडिएको ऐतिहासिक ठाउँ हो । जहाँ गोर्खालीले अङ्ग्रेजलाई परास्त गर्दै २५ वर्ष शासन चलाएका थिए । तत्कालीन गोर्खाली सेनाले विशाल नेपाल निर्माणको अभियानलाई पश्चिमतिर विस्तार गर्ने क्रममा अङ्ग्रेज शासकलाई पराजित गरेर यो किल्ला आफ्नो कब्जामा लिएका थिए । त्यति बेला गोर्खाली सेनाले कुमाउ गडवालतर्फ आक्रमण गर्ने क्रममा सुरुवातमा यो किल्ला कब्जामा लिएर विजयको यात्रा तय गरेको इतिहास जानकार बताउँछन् ।

“विशाल नेपालको अभियानलाई पश्चिमतिर फैलाउने क्रममा तत्कालीन गोर्खा सैनिकले सुरुवातमा यही किल्ला कब्जा गरेका थिए ।” इतिहास जानकार हेमबाबु लेखकले भन्नुभयो–“यही किल्लाबाट गोर्खा सैनिकले निरन्तर कुमाउ गडवालमा २५ वर्ष शासन गरेको थियो ।” उहाँले तत्कालीन इष्ट इन्डिया एन्ड कम्पनीलाई गोर्खा सैनिकले परास्त गर्दै उक्त किल्ला कब्जा गरेको बताउनुभयो ।

“गोर्खा शासकले आफ्ना प्रशासक राखेर कुमाउ गडवाल क्षेत्रमा निरन्तर २५ वर्ष शासन गरेको इतिहास छ,” उहाँले भन्नुभयो, “यो किल्लामा गोर्खालीको वीरताको इतिहास छ ।” अहिले यो किल्ला गोरखा किल्ला एवं लन्डन फोर्टका नामले परिचित छ । नालापानीको लडाइँ लड्नुअघि नै पिथौरागढमा सन् १७८९ मा गोर्खाली सेनाले आफ्नो सुरक्षाका लागि यो किल्ला निर्माण गरेका थिए । नालापानी किल्ला र पिथौरागढको गोर्खाली किल्ला दुवै भारतको उत्तराखण्डमा पर्छन् ।

“बहादुर शाहको नेतृत्वमा आएको गोर्खाली सेनाले यो किल्ला कब्जा गरेको थियो ।” इतिहास जानकार रमेश पन्त मीतबन्धुले भन्नुभयो–“यही किल्लाबाट कुमाउ गडवालमा गोर्खालीले निरन्तर २५ वर्ष शासन गरेको हो ।” गोर्खाली किल्लाको लम्बाइ ८८ दशमलव ५ मिटर, चौडाइ ४० मिटर रहेको छ । किल्लाभित्र गहिरो कुवा रहेको इतिहास भए पनि अहिले उक्त ठाउँमा पीपल रोपिएको उहाँले बताउनुभयो ।

यो किल्ला गोर्खालीको इतिहाससँग जोडिएकाले नेपालीका लागि महत्वपूर्ण रहेको वीरबहादुर चन्द बताउँछन् । “६१ वर्षअघि मैले पिथौरागढमा अध्ययन गर्दा यो किल्लामा गोर्खाली किल्लाका नामले चर्चित थियो ।” चन्दले भन्नुभयो–“यो किल्ला नेपालीका लागि महत्वपूर्ण र एतिहासिक छ ।” । किल्लासँग गोर्खालीको गहिरो साइनो रहेको उहाँको भनाइ छ ।

गोर्खाली किल्लामा रहेको सिलालेखमा विभिन्न वंशले राज्य गर्नेक्रममा सैनिकस्थलका रूपमा उपयोग गरेको उल्लेख छ । पिथौरागढमा मल्ल, बम, चन्द, गोर्खाली र अङ्ग्रेजहरुले शासन गरेको पनि उल्लेख गरिएको छ । अहिले उक्त किल्लाको संरक्षण भारत सरकारले गर्दै आइरहेको छ ।  रासस