१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन शिर्ष नेताहरुको छलफलमा के भयो ?

शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन शिर्ष नेताहरुको छलफलमा के भयो ?
अ अ+ अ-

काठमाडौं । शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन शिर्ष नेताहरु सकारात्मक देखिएका छन् ।

सरकार पीडित केन्द्रित कानून बनाउने कुरामा सरकार तयार भएकाले शिर्ष नेताहरुबीच टिआरसी विधेयक टुंग्याउनेतर्फ सकारात्मक देखिएका हुन् । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एमालेका सचेतक महेश बर्तौलाले नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) बीचका नेताहरुको छलफल भएको र पीडितमैत्री कानून बनाउने हो भने तत्काल प्रक्रिया अघि बढ्ने बताउनु भयो ।

उहाँले भिक्टिमले न्याय पाएको अनुभुति गर्नेगरी कानून बन्ने सहमति शिर्ष नेताहरुमा जुटेको र आउँदो हिउँदे अधिवेशनमा टिआरसी विधेयक संसदमा प्रश्तुत हुने बताउनु भयो । उहाँले सरकार पीडितमैत्री कानून बनाउन सकारात्मक भएकाले आउँदो अधिवेशनमा विधेयक प्रश्तुत गर्ने सहमति करिव करिव जुटेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन कसरी अघि बढ्न सकिन्छ भनेर विशेष गरी तीन दल नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) बीचका नेताहरुको छलफल भयो । पीडितमैत्री कानून बनाउने हो भने तत्काल अघि बढोस् । आउँदो हिउँदे अधिवेशनमा भिक्टिमले न्याय पाएको अनुभुति गर्नेगरी कानून बन्ने हो भने नेकपा एमाले यही कुरा भनिरहेका छौँ । सरल ढंगले अघि बढ्छ । सकारात्मक निस्कर्ष भनेको आगामी संसदको अधिवेशन विषय लैजाने र केही दिनमा पुन: शिर्ष नेताहरुको छलफल हुने भन्ने निस्कर्ष छ । विषय खुलेको छ । भिक्टिम सेन्ट्रिक कानून बनाउने कुरामा सरकार तयार छ, सकारात्मक ढंगबाट अघि बढ्ने अवस्था देखिएको छ ।’

सचेतक बर्तौलाले आउने संसदमा विधेयक प्रश्तुत गर्नका लागि शिर्ष नेताहरु एकजुट भइ संवादमार्फत विषय टुंग्याउनु राम्रो कुरा भएको बताउनु भयो ।