२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल सुपर लिगः फाइनल प्रवेशका लागि पोखरा र धनगढी भिड्दै



अ+ अ-

काठमाडौँ । राजधानीमा जारी नेपाल सुपर लिग (एनएसएल) फुटबलको पहिलो क्वालिफायरमा आज शिर्षस्थानमा रहेको पोखरा थन्डर्स र दोस्रो स्थानमा रहेको धनगढी एफसीले प्रतिस्पर्धा गर्दैछन् ।

यो खेल साँझ साढे ५ बजेदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ । यस खेलको विजेता सिधै फाइनलमा पुग्ने छ भने पराजित भएको टिमले क्वालिफायर २ खेल्न पाउने छ ।

त्यस्तै इलिमिनेटरमा तेस्रो भएको काठमाडौँ रेजर्स र चौथो भएको ललितपुर सिटीले खेल्नेछन् । यो खेल मंगलबार हुनेछ । यस खेलको विजेता दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरमा पराजित टिमसँग खेल्नेछ । दोस्रो क्वालिफायरको विजेता फाइनलमा पुग्ने छ । दोस्रो क्वालिफायर खेल आगामी बिहीबार हुनेछ ।

लिग चरणका खेलहरु सकिएपछि अब शिर्ष चार क्लब प्लेअफमा पुगेका हुन् । नेपाल सुपर लिगको फाइनल खेल भने आगामी शनिबार हुनेछ ।