२२ मंसिर २०८२, सोमबार
,
Latest
मुस्ताङका उच्चलेंंकमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै एकाबिहानै तातोपानीमा मह र कागती मिसाएर पिउँदा मिल्छ यस्ता फाइदा थाइल्यान्डमा लुम्बिनी–नेपाल म्याराथन आयोजना हुने दैनिक १० मिनेट हिँड्दा आयु ७ प्रतिशतले बढ्नसक्ने सेल्टा भिगोसँग रियल मड्रिड घरेलु मैदानमै पराजित नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने प्रतिनिधि सभा निर्वाचन ८७ दिन बाँकी : यस्ता छन् चुनाव चिह्न सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड ‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

चप्पल पड्काएर आएकाहरू पाँचतारे होटलमा विवाह गर्न सक्ने भए– रवि लामिछाने



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नातावाद, कृपावादका कारण चप्पल पड्काएर आएकाहरू पाँचतारे होटलमा विवाह गर्न सक्ने भएको टिप्पणी गर्नुभएको छ ।

स्याङ्जामा आयोजित पार्टीको सभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “हरेक ठेक्कामा आफन्तवाद, नातावाद र कृपावाद नेताका छोरा छोरी नातानातिना जो चप्पल पड्काएर आएका थिए तीनिहरुको पाँच तारे होटेलमा ठुला व्यापारिले झैं विवाह, व्रतबन्ध भोज भतेर गर्न सक्ने भए ।”

उहाँले जनता आफ्नो उपचार गर्नका लागि घरबार बेचेर छोराछोरी विदेश पठाउने भएका छन् भन्दै भन्नुभयो, “यही हो जनता हारेको चुनावको परिणाम। यस्तो हुँदा पनि हाम्रो चेत खुलेको छैन ।”

“नेताहरुले वर्षौंदेखि कति तलब थाप्छन् मैले अहिले ८/९ महिनामा थाप्दा थाहा पाइसकेको छु । त्यति तलबले त केही हुँदैन तिनको महल कसरी ठडियो म आश्चर्यचकित परेको छु । मैले तिनीहरूको हिसाब किताब निकाल्ने अठोट गरेर आएको छु”, उहाँले भन्नुभयो ।

पुराना दलका नेताहरूका कारण युवाहरू विदेशिन बाध्य भएको उहाँको भनाइ छ । आफ्नो छोराछोरी, नातानातिनी विदेशिन पर्दा समेत त्यही पुराना दलका नेताहरूलाई नै जनताले किन भोट किन हालिरहेका छन् बुझ्न नसकेको उहाँले बताउनुभयो ।

“हामी मिसन ०८४ मा छौँ । हामीले व्यक्तिगत लाभको लागि नेता छान्ने होइन । तपाईंहरूले नै योग्य मान्छेलाई छानेर पढाउने हो । टोलटोलमा पैसाको बिटो बोकेर हिँड्ने, विदेशमा भएकाहरूको भोट पनि आफैं हाल्न लगाउनेलाई रास्वपाले टिकट दिँदैन”, उहाँले भन्नुभयो, “यहाँबाट चुनाव जितेका नेताहरूको सात पुस्ताले जिते तपाईंहरूको साता पुस्ताले हार्नुभयो । हामी निरन्तर हार्‍यौं । त्यसको नतिजा विमानस्थलबाट दिनदिनै बाहिरिनेहरुको तातीले बतायो । त्यो जनताले हारेको संकेत हो ।”

अर्थतन्त्र र रोजगारीमा देखेको विकृत्तिले नै अहिलेको संकट आएको बताए भन्दै सभापति लामिछानेले आफ्नो पार्टीमा राम्रो टीम भएकाले काम गर्न सक्ने विश्वास गर्नुभयो ।