२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

यात्रुले उड्न लागेको बुद्ध एयरको विमानको आकस्मिक ढोका खोल्दा…



अ+ अ-

पोखरा । एक यात्रुले उड्न लागेको बुद्ध एयरको विमानको आकस्मिक ढोका खोलेका छन् । पोखराबाट काठमाडौँका लागि उड्न लागेको उडान नं ६५२ को जहाजको आकस्मिक ढोका यात्रुले खोलेका हुन् ।

बिहान ९ बजेर ४० मिनेटमा विमान ट्याक्सी वेबाट धावनमार्गमा जान लागेको बेला आकस्मिक ढोका खुलेको थाहा भएको बुद्ध एयरले जनाएको छ । ती यात्रुबाट के कति कारणले ढोका खोलिएको हो भन्नेबारे पोखरा टर्मिनलका सुरक्षाकर्मीले अध्ययन गरिरहेको बताइएको छ ।

बुद्ध एयरका अनुसार ढोका खोलेको विमान बुद्धएयरका प्राविधिकले जाँच गरिरहेक छन् । काठमाडौं आउने यात्रुलाई अर्को विमानबाट ल्याउन लागिएको जनाइएको छ ।

सोहि बिमानमा रहनु भएका पत्रकार यादब देबकोटाले घटना बारे सामाजिक संञ्जालमा लेख्नु भएको छ –

अहिले भर्खर बुद्ध एयरको ९.०० बजेको पोखरा काठमाडौं उडानका लागि प्लेन चढियो। चढिवरी प्लेन स्टार्ट भएपछि इमरजेन्सी ढोका स्वाट्ट भित्र आयो। जहाजमा यात्रुहरुको कोलाहल। उडिसकेपछि यस्तो भएको भए के हुन्थ्यो होला? धन्न बाँचियो भन्ने त होला नि !