५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

५ वटा संसदीय समितिको बैठक बस्दै



अ+ अ-

काठमाडौं । आज एकैपटक ५ वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार संसदीय सुनुवाई समितिको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा प्रश्तावित न्यायाधीशहरूको संसदीय सुनुबाई सम्बन्धी निर्णय हुनेछ ।

त्यस्तै बिहान साढे ११ बजे बस्ने उद्योगा तथा वाणिज्य र श्रम तथा उपभोक्ता हीत समितिको बैठकमा उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा २५ अनुसार गठित केन्द्रिय बजार अनुगमन समितिबाट उपभोक्ताको हक, हित संरक्षणका लागि वस्तु वा सेवाको आपूर्ति व्यवस्था, मूल्य, गुणस्तर, शुद्धताको अनुगमन वा सुपरीवेक्षणका सम्बन्धमा हालसम्म भएगरेका कामकारवाहीका सम्बन्धमा केन्द्रिय बजार अनुगमन समितिसँग छलफल हुनेछ ।

त्यस्तै बिहान साढे ११ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा फास्ट ट्रयाकको सम्बन्धमा, दार्चुलामा नेपाली सेनाले बनाइ राखेको तुसर पानी—कोठेधार—तिंकर सडकको सम्बन्धमा छलफल हुनेछ । त्यस्तै मध्यान्ह साढे १२ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सुरक्षण मुद्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा छलफल हुनेछ ।

त्यस्तै बिहान ११ बजे बस्ने प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा सरकारी आश्वासन कार्यान्वयन सम्बन्धमा माननीय शहरी विकास मन्त्रीसँग छलफल हुनेछ ।




भर्खरै