५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमतीको हत्या गर्ने पक्राउ



अ+ अ-

सुनसरी । आफ्नै श्रीमतीलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले एकजनालाई प्रकाउ गरेको छ । 

३१ वर्षीया कमला माझीलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा धरान उपमहानगरपालिका-८ दुर्गा बस्ने ३७ वर्षीय तिल बहादुर माझीलाई प्रहरीले बिहीबार साँझ पक्राउ गरेको हो । 

माझीले आफ्नै श्रीमतीलाई खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त भएसँगै ईलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी बरगाछिबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएका हुन् । 

खुकुरी प्रहारपछि गम्भीर घाइते भएकी कमलाको घोपा अस्पताल धरानमा उपचारको क्रममा मृत्यु भएको थियो ।  

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।