२० मंसिर २०८२, शनिबार
,
Latest
नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिउँदे अधिवेशन बोलाउनेबारे प्रधानमन्त्रीले छलफल गर्नुहुने



फाईल फोटो
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदको हिउँदे अधिवेशन आह्वानका लागि संसदमा रहेका दलहरुसँग छलफल गर्न लाग्नुभएको छ ।

संसदको हिँउदे अधिवेशन आह्वानका लागि प्रधानमन्त्री दाहालले छिट्टै प्रमुख प्रतिपक्षी दलसहित संसदका रहेका सबै दलसँग परामर्श गर्नुहुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । प्रमुख प्रतिपक्षी दलको अभियान सकिएकाले अब प्रधानमन्त्रीले सबै दलहरुसँग छलफल गरी अधिवेशनको लागि बोलाउने तयारी भईरहेको उनले बताए ।

प्रधानमन्त्री प्रचण्डले यसअघि पनि संसद्को हिउँदे अधिवेशन जतिसक्दो चाँडो बोलाएर महत्त्वपूर्ण विधेयकहरु अघि बढाउनुपर्ने धारणा राख्दै आउनुभएको छ । यसबारे प्रधानमन्त्रीले सभामुखका साथै सत्तारुढ तीन दलका शीर्ष नेताहरुसँग छलफल गरिसक्नुभएको छ ।