१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

समृद्धिका लागि सङ्कल्प यात्रा एकसाथ अनेक सकारात्मक सन्देश प्रबाह गर्न सफल: बिष्णु पौडेल

समृद्धिका लागि सङ्कल्प यात्रा एकसाथ अनेक सकारात्मक सन्देश प्रबाह गर्न सफल: बिष्णु पौडेल
अ अ+ अ-

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेलले झुलाघाट – चिवाभञ्याङ : समृद्धिका लागि सङ्कल्प यात्रा एकसाथ अनेक सकारात्मक सन्देश प्रबाह गर्न सफल भएको बताउनु भएको छ ।

मंसीर १४ देखि शुरू गरिएको समृद्धिका लागि झुलाघाट- चिवाभन्ज्यांग “संकल्प यात्रा ” प्रतिगमन र जातीय तथा क्षेत्रीय संकीर्णता जस्ता नकारात्मक प्रवृत्तिलाई किनारा लगाउन, -ठबन्धन सरकारका जनता र राष्ट्रहित विरोधी कृयाकलापले सृजना गरेको निरासा चिर्न सफल भएको बताउनु भयो ।

उहाँँले यस यात्रालाई नेपालको राजनीतिक इतिहासमा अविस्मरणीय र प्रेरणादायी घटनाका रुपमा उल्लेख गरिने समेत उल्लेख गर्नुभयो ।

उहाँले सामाजिक संञ्जालमा लेख्नु भएको छ –

यस यात्राले एकसाथ अनेक सकारात्मक सन्देश दिएको छ । यो यात्रा प्रतिगमन र जातीय तथा क्षेत्रीय संकीर्णता जस्ता नकारात्मक प्रवृत्तिलाई किनारा लगाउन, गठबन्धन सरकारका जनता र राष्ट्रहित विरोधी कृयाकलापले सृजना गरेको निरासा चिर्न, नेकपा (एमाले) र जनता बीचको सम्बन्धलाई अझबढी जीवन्त र प्रगाढ बनाउन, आगामी निर्वाचनबाट नेकपा (एमाले)को एकल बहुमतको सरकार बन्छ र राष्ट्रको समृद्धि एवम् जनताको सुखी जीवन सम्भव हुन्छ भन्ने सकारात्मक सन्देश सम्प्रेषण गर्न सफल भएको छ ।

यस यात्राले मध्यपहाडी पुष्पलाल राजमार्गलाई आवश्यक ठाउँमा रेखाङ्कन सुधार (alignment correction), भायडक्ट (viaduct) र सुरूङ प्रविधिको प्रयोगका साथै डेडिकेटेड डबललेन (dedicated double lane)मा स्तरोन्नती / निर्माण सम्पन्न गरेर देशकै मेरूदण्ड राजमार्गमा विकसित गर्न सकिन्छ र भौतिक एवम् मानवीय विकासका दृष्टिले मध्यपहाडी भूभागलाई विकसित तुल्याउन सकिन्छ भन्ने आत्मविश्वास बढाएको छ ।

यस यात्रालाई नेपालको राजनीतिक इतिहासमा अविस्मरणीय र प्रेरणादायी घटनाका रुपमा उल्लेख गरिने छ ।

सिङ्गो राष्ट्रको र एकहद सम्म अन्तर्राष्ट्रीय जगतको समेत ध्यानाकर्षण गर्न सफल यस् यात्रासंग प्रत्यक्ष वा परोक्ष रूपमा जोडिनुभएका सम्पूर्ण कमरेडहरू, दाजुभाई तथा दिदिबहिनीहरू, समाचार एवम् विश्लेषणको बिषय बनाउनुहुने सञ्चार जगत र भरपर्दो सुरक्षा प्रवन्ध गर्ने सुरक्षा निकायको भूमिका प्रसंशनीय छ ।