११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति

औपचारिक कार्यक्रम सकिएपनि एमालेको संकल्प र योजना जारी रहनेछ: ईश्वर पोखरेल

औपचारिक कार्यक्रम सकिएपनि एमालेको संकल्प र योजना जारी रहनेछ: ईश्वर पोखरेल
अ अ+ अ-

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संकल्प यात्राको औपचारिक कार्यक्रम सकिएपनि एमालेको संकल्प र योजना जारी नै रहेको बताएका छन् ।

मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा समापनपछि वरिष्ठ उपाध्यक्ष पोखरेलले जनताका माझमा एमाले सधैं रहने बताएका हुन् ।

संकल्प यात्राको क्रममा सामाजिक सद्भाव र त्यही सामाजिक सद्भावमा टिकेको राष्ट्रिय एकतालाई कमजोर बनाउने, जनताका विचमा द्वेष भाव फैलाउन चाहने , मुलुकलाई हिंसाको बाटोमा लैजान चाहने बिचार र गतिविधिहरूलाई पनि नियाल्ने मौका पाएको बताएका छन् । साथै, उनले प्रचूर सम्भावना हुंदाहुंदै पनि मुलुकलाई विपन्न र परनिर्भर बनाइरहने कारणहरूलाई स्पष्टसित खोजी गरिरहने र नयांस्तरमा जनतालाई सचेत र संगठित गर्दै समाधानका लागि भूमिका खेल्ने बताए।

यात्राको अवधिमा प्राप्त भएका विषयहरू र एमालेको संकल्पलाई छिटैनै औपचारिक रूपले सार्वजनिक गर्ने बताउदै उनले फेसबुकमार्फत भनेका छन्- ‘मंसीर १४ देखि शुरू गरिएको समृद्धिका लागि झुलाघाट- चिवाभन्ज्यांग “संकल्प यात्रा ” सफलताका साथ विधिवत सम्पन्न भएको छ । अहिले औपचारिक रूपमा घोषित कार्यक्रम मात्र टुंगिएको हो । तर यो यात्राका उद्देश्य र विषयहरूलाई अगाडि बढाउने एमालेको संकल्प र योजना भने जारी रहनेछ !हामी जनताका विचमा पुगिरहनेछौं, जनतासितको सम्वन्धलाई गाढा बनाइरहनेछौं , प्रचूर सम्भावना हुंदाहुंदै पनि मुलुकलाई विपन्न र परनिर्भर बनाइरहने कारणहरूलाई स्पष्टसित खोजी गरिरहने र नयांस्तरमा जनतालाई सचेत र संगठित गर्दै समाधानका लागि भूमिका खेलिरहनेछौं । यात्रा अवधिमा र चिवाभन्ज्यांगमा पुगेर सम्पूर्ण एमाले नेतृत्वले यही संकल्पलाई दोहोर्याएको छ । यस यात्राको अवधिमा प्राप्त भएका विषयहरू र एमालेको संकल्पलाई हामी छिटैनै औपचारिक रूपले सार्वजनिक गर्ने छौं ।

एमालेले संविधानसम्मत , शान्तिपूर्ण तरिकाले, सिंगो मुलुक र आम जनताले भोगिरहेका, अनुभूत गरिरहेका बिषयमा केन्द्रीत रही जनतामा जाने कुरा गरिरहेका बेला यसप्रति असहिष्णुता प्रदर्शन गर्ने , अलोकतान्त्रिक र हिंसात्मक तरिका अपनाउन चाहनेहरूका रहस्यमय हरकतहरूलाई पनि एमालेले नजिकैबाट नियाल्ने अवसर पाएको छ ! सामाजिक सद्भाव र त्यही सामाजिक सद्भावमा टिकेको राष्ट्रिय एकतालाई कमजोर बनाउने , जनताका विचमा द्वेष भाव फैलाउन चाहने , मुलुकलाई हिंसाको बाटोमा लैजान चाहने बिचार र गतिविधिहरूलाई पनि यस विचमा नियाल्ने मौका पाएका छौं । एमाले राष्ट्र जनताको पक्षमा दृढतापूर्वक उभिइरहनेछ ! कुनै पनि विशाक्त तथा मुलुक र नेपाली जनताको हीत विपरितका विचार गतिविधिका विरूद्ध एमाले चट्टानी ढंगले उभिरहनेछ ।

यस यात्रामा देखिएको एमालेप्रति जनताको रूची , माया , सद्भाव र समर्थनप्रति हार्दिक आभार ! लाखौं जनता स्वतस् परिचालित भएर जसरी एमालेको यो अभियानमा सामेल हुनु भएको छ त्यसले सिंगो एमाले पंक्तिलाई उर्जा र शक्ति प्राप्त भएको छ ! सम्पूर्ण देशभक्त नागरिकहरूबाट जुन साथ समर्थन तथा ऐक्यवद्धता प्रदर्शन भएको छ त्यसप्रति उच्च सम्मान छ । नेकपा(एमाले) निरन्तर देश र जनताको पक्षमा समर्पणभावका साथ जुटिरहनेछ , जुटिरहनेछ !!’