११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति

एक समूहलाई पोस्ने गरी सरकारले नयाँ स्टक एक्सेन्जको लाइसेन्स दिनु हुँदैन: महामन्त्री थापा

एक समूहलाई पोस्ने गरी सरकारले नयाँ स्टक एक्सेन्जको लाइसेन्स दिनु हुँदैन: महामन्त्री थापा
file
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले कसैको निहित स्वार्थको लागि नयाँ स्टक एक्सेन्जको लाइसेन्स दिनु नहुने बताउनुभएको छ ।

वर्तमान पुँजीबजारको अवस्थाबारेमा अध्ययन गरेर मात्रै नयाँ स्टक एक्सेन्जको लाइसेन्स दिने सरकारको निष्कर्ष रहेको समेत बताउनु भयो । उहाँले संसदीय समितिको निर्देशनको आडमा दबाबमा परेर केही समूहलाई पोस्नको लागि मात्रै धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिन नहुने बताउनु भयो ।

महामन्त्री थापाले सरकारले केही समूहलाई पोस्ने गरी नयाँ स्टक एक्सेन्जको लाइसेन्सको अनुमति दिने तयारी गरेको दाबी गर्नुभयो । शुक्रवार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले कुनै एक समूहको स्वार्थ र फाइदाको लागि दबाब सिर्जना गरेर नयाँ स्टक एक्सेन्जको लाइसेन्स दिने तयारी सरकारले तत्काल बन्द गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले कुनै अध्ययन आधार बिना कुनै एउटा समूहको फाइदालाई नयाँ स्टक एक्सेन्ज दिँदा कुशासनको अर्को प्रकरण शुरु हुने जिकिर गर्नुभयो ।

महामन्त्री थापाले मुलुक एकपछि अर्को कुशासनबाट थला परेको भन्दै नयाँ स्टक एक्सेन्जको लाइसेन्स अध्ययन नगरी जबरजस्ती दिने काम भयो भने अर्को दुर्भाग्य हुने चेतावनी दिनुभयो । उहाँले सरकारबाट भाषण सुशासनको र निर्णय कुसशासनको गर्ने काम हुनु नहुने बताउनु भयो । उहाँले नयाँ स्टक एक्सेन्जको विषयमा समयमा नै प्रधानमन्त्रीलाई सचेत गराएको भन्दै सचेत गराउँदा गराउँदै अनुमति दिए कुशासनको अर्को धब्बा लाग्ने दाबी गर्नुभयो । उहाँले नयाँ स्टक एक्सेन्जको लाइसेन्स अर्थ मन्त्रालय र धितोपत्र बोर्डले नभएर मन्त्रीपरिषद्ले निर्णय गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘नेपाल स्टक एक्सेन्जको अनुमति दिनुभन्दा पहिला पुँजीबजारको अवस्थाबारे अध्ययन गरेर कसरी र किन दिने भनेर निक्र्योल गरेपछि मात्रै दिनुपर्छ भन्ने नेपाल सरकारको निष्कर्ष हो । त्यसैको आधारमा धितोपत्र बोर्डलाई भन्यो । संसदको समितिले पनि ठिक हो भनेर नदिनु भन्यो । त्यसको केही समयपछि संसदको त्यही समितिले दिनु भनेर निर्देशन दिएको देखिन्छ । यो कुरालाई आड लगाएर केही कुरा सुनिरहेका छौं । धितोपत्र बोर्डको नेतृत्व विदा हुन केही दिन बाँकी छ । यस्तो बेलामा विदा बस्ने चलन हुन्छ । तर अहिले रातारात गरेर एक खालको दबाब सिर्जना गरिदै छ । त्यो दबाबको आधारमा नयाँ लाइसेन्स त्यो पनि केही समूहलाई पोस्ने र फाइदा हुने गरी दिने तयारी भएको सुनेका छौं । यो कुरा प्रधानमन्त्री मन्त्रीलाई भेटमा भनेका छौं । सार्वजनिक रुपमा पनि भन्न चाहन्छु । कुशासनबाट देश थला परेको छ । हप्तामा एउटा कुनै न कुनै प्रकरण आउँछ र सिङगो देश तातिन्छ । फेरि कुनै एक दुई जना मानिस पोस्नको लागि नयाँ स्टक एक्सेन्जको लाइसेन्स अध्ययन नगरी नदिने भनेर आफैँ भन्यो ।’

‘तर अहिले जबरजस्ती गरेर दिने र संसदीय समितिको निर्देशन आड राखेर दिने काय यदी हुन्छ भने अर्को दुर्भाग्यपूर्ण हुन्छ । सरकारले भाषण सुशासनको गर्ने अनि निर्णय एक प्रकारको कुसशासनको गर्ने कुराको निरन्तरता हुन्छ । समयमा नै प्रधानमन्त्रीलाई सचेत गराएका छौं । सरकारले गरेको निर्णय अध्ययन गरोस् र आवश्यक भए अध्ययन गरोस् । यसको आधारमा निष्पक्ष हुनुपर्छ । होइन भने नचाहिने कुरामा अर्को कुशासनको धब्बा लाग्ने कुरामा हात नहालोस् । प्रधानमन्त्रीलाई भनेको भनेपछि अर्थ मन्त्रालयलाई नभन्ने कुरा भएन । अर्थमन्त्रालयले यसमा जबर्जस्ती गर्छ भने पनि यो निर्णय मन्त्रीपरिषद्ले गर्ने हो । मन्त्रीपरिषद्को नेता भनेको प्रधानमन्त्री हो । काँग्रेस पनि सरकारमा हुनुहुन्छ भन्ने कुरा उठ्छ । हाम्रोबाट अपेक्षा के हो । सरकारले गलत र खराब काम गरेको छ त्यसलाई टुलुटुलु हेरेर बस्ने वा रोक्ने प्रयास गर्ने हो ।’

‘संसदीय प्रजातन्त्रमा सरकारले गरेको निर्णयको सन्दर्भमा प्रतिपक्षबाट धेरै डराउँदैन । किनकी प्रतिपक्ष भन्दा सरकारसँग बढी मत हुन्छ । सरकारमा भएपनि सरकारले गरेका गलत काममा प्रश्न उठाई राख्यौं भने स्वतन्त्र रुपमा गर्ने गलत कामलाई थोरै भए पनि रोक्न सकिन्छ । काँग्रेस पार्टीले पनि निर्णय गर्ने तर कार्यान्वयन गर्ने काम गर्नुपर्छ । त्यो भइराखेको छैन । अहिले नागरिकहरु आजित भएको कुसशासनबाट हो । काँग्रेस संघ,प्रदेश र स्थानीय तहको सरकारमा पनि भएकाले जिम्मा लिन सक्नुपर्छ । सरकारमा भएकाले कतिपय ठाउँमा काँग्रेस नै सहभागिता भएको देखिने भएको छ । काँग्रेसको उपस्थितिमा कुशासन रोक्न नसक्ने होकी भन्ने नागरिकलाई लाग्न थालेकाले यो कुरा चिर्नु आवश्यक छ ।’

उहाँले काँग्रेसले सरकारले गरेका गलत कामलाई रोक्नुपर्ने बताउनु भयो । उहाँले अहिले नागरिकहरु कुशासनबाट आजित भएको बताउनु भयो ।