२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

यसकारण प्रभासको ‘सालार’ यशको ‘केजीएफ’भन्दा ५ गुणा ठूलो



अ+ अ-

एजेन्सी । प्रभास स्टारर ‘सालार पार्ट-१’ स्केल र एक्शनको मामिलामा ‘केजीएफ’भन्दा ठूलो हुन गइरहेको छ। प्रशान्त नीलको ड्रीम प्रोजेक्ट केजीएफको सफलतापछि मात्रै उनले यो फिल्मलाई अझ भव्य र ठूलो बनाउने आत्मविश्वास पाएका छन् ।

फिल्मका छायांकनकर्ता भुवन गौडाले यसको खुलासा गरेका छन् । सालार २२ डिसेम्बर २०२३ मा यसको भव्य रिलीजको लागि तयार छ ।

होम्बले फिल्म्स प्रोडक्सन हाउसको केजीएफ च्याप्टर १ र २ तथा कान्ताराले दर्शकलाई निकै मनोरञ्जन दिएका छन् । यस्तो अवस्थामा होम्बलेको फिल्म सालारलाई ठूलो पर्दामा हेर्ने उत्साह थपिएको छ । यसैबीच, फिल्मका छायांकनकर्ता भुवन गौडाले यो फिल्मको भव्यता र विशालताको बारेमा ठूलो बयान दिएका छन् ।

सालारको बारेमा कुरा गर्दै भुवन गौडाले भने, “हामीले रामोजी सिटी भित्र अर्को रामोजी फिल्म सिटी ष्ष् बनाएका छौं ।’ कला निर्देशक शिवकुमार र उनको टोलीले फिल्म सालारका लागि १०० एकडभन्दा बढी क्षेत्रफलमा फैलिएको विशाल सेट निर्माण गरेको बताउँदै उनले भने, ‘मेरो विचारमा सालारको स्केल केजीएफभन्दा पाँच गुणा ठूलो छ । प्राविधिक रूपमा, हामी फरक स्तरमा छौं । यो भारतीय फिल्महरूमा निर्मित सबैभन्दा ठूलो सेटहरू मध्ये एक हो ।’

भुवन गौडाले सालारमा नयाँ एलेक्सा ३५ को प्रयोगको बारेमा पनि उल्लेख गरे, जसले स्क्रिनमा आईम्याक्स जस्तै असाधारण छवि गुणस्तरको प्रतिज्ञा गर्दछ । भारतीय सिनेमामा यो पहिलो पटक हुन लागेको उनले बताए । उनले सालार मूल सेटमा सिनेम्याटोग्राफिक उदाहरण बन्ने बताए ।

२ घण्टा ५५ मिनेटको यो चलचित्रलाई सेन्सर बोर्डले ‘ए’ सर्टिफिकेटसहित पारित गरेको छ । फिल्ममा धेरै एक्शन र डरलाग्दो दृश्य र हिंसा छ । फिल्ममा प्रभासका अलावा श्रुति हसन, पृथ्वीराज सुकुमारन र जगपति बाबु लगायत कलाकार पनि छन् ।