४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह

नेप्से परिसूचक छ दशमलब ५५ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलब ५५ अङ्कले बढ्यो
अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उकालो लागेको छ । पछिल्ला केही दिनदेखि उकालो लागेको नेप्से परिसूचकको यात्रा शेयर कारोबार हुने साताको आज अन्तिम दिन पनि कायम रह्यो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक छ दशमलव ५५ अङ्कले उकालो लागेर एक हजार नौ सय ९४ दशमलब ६० मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव शून्य छ अङ्कले उकालो लागेर तीन सय ७६ दशमव ३६ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज पाँच उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा आठ उपसमूहको शेयर मूल्यमा भने वृद्धि भएको छ ।

कूल ९६ लाख ३७ हजार चार सय ५५ कित्ता शेयर रु तीन अर्ब १५ करोड १६ लाख ३५ हजार सात सय ५० मूल्यमा खरिद बिक्री भएका छन् । कारोबारका आधारमा सोनापुर मिनरल्स शीर्ष स्थानमा छ । सो कम्पनीको रु १६ करोड चार लाख ७८ हजार चार सय ३१ मूल्य बराबरको कारोबार भयो ।

यस्तै, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स रु ११ करोड ४९ लाख ८८ हजार सात सय ९१, हाथवे इन्भेस्टमेन्ट रु नौ करोड १३ लाख ७९ हजार आठ सय ३५, शिवम् सिमेन्ट रु नौ करोड १२ लाख १९ हजार सात सय ५८ र आइएमई लाइफ इन्स्योरेन्स रु सात करोड ७५ लाख ८४ हजार तीन सय १२ बराबरको कारोबार भई शीर्ष पाँचमा पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार बोटलर्स नेपाल बालाजु, हिमालयन लघुवित्त, नेपाल हाइड्रो डेभलपर्स, नेपाल रिपब्लिक मिडिया र नेपाल इन्स्योरेन्सको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, गुराँस लघुवित्त चार दशमलव ९८, मानुषी लघुवित्त चार दशमलव ७८, सिवाइसी नेपाल लघुवित्त चार दशमलव शून्य चार, माछापुच्छ्रे बैंकको ऋणपत्र तीन दशमलव ९६ र ग्लोबल आइएमई ब्यालेन्सका शेयर मूल्य तीन दशमलव ७५ प्रतिशतले घटेको छ । रासस