१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

सङ्कल्प यात्रा अभूतपूर्व सफल भयो: एमाले उपाध्यक्ष पौडेल

सङ्कल्प यात्रा अभूतपूर्व सफल भयो: एमाले उपाध्यक्ष पौडेल
अ अ+ अ-

भोजपुर । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजतन्त्रलाई ब्युँझाउने, देशमा अराजकता मच्चाउने र सामाजिक सद्भाव भड्काउने खालका गतिविधि सुरु भएकोले बेला यस्ता सबै शक्तिलाई परास्त गर्न सकिने सन्देश सङ्कल्प यात्राले दिएको बताउनु भएकाे छ  ।

भोजपुरमा पत्रकारसँग कुरा उपाध्यक्ष पौडेलले सङ्कल्प यात्राले जनताको अजेय शक्तिलाई एक पटक पुन पुष्टि गरेको बताउनु भयाे  । उहाँले लोकतन्त्र नै जनतालाई सर्वशक्तिमान् बनाउने माध्यम हो भन्ने कुरालाई यसले पुनः पुष्टि गरेको उल्लेख गर्दै सङ्कल्प यत्राले मुलुकको विकास र समृद्धिको आधार तयार गरेको बताउनुभयाे ।

एमालेले सुरु गरेको यो यात्राले मध्य पहाडी जिल्लामा मात्र होइन सबै नागरिकमा आशा जगाउन सफल भएको नेता पौडेलको भनाइ छ । बिहीबार भोजपुरमा पत्रकारसँग कुरा गर्दै पौडेलले अभियानको क्रममा नागरिकमा सोचेभन्दा बढी उत्साह देखिएको बताउनुभयाे ।

उहाँले नेकपा एमालेबाट मात्र मुलुकको समृद्धि सम्भव छ भन्ने सन्देश यो अभियानले दिन सकेको बताउँदै उनले भविष्य प्रतिको आशा जगाउने कुरामा यात्रा सफल भएको दाबी गर्नुभयो ।

‘नेपालको राजनीतिप्रति चासो राख्ने हरेक नागरिकले यो यात्रालाई सफल र सार्थक यात्राका रूपमा चित्रण गरेका छन्, जनतामा फैलँदै गएको निराशा तोड्ने कुरामा यो यात्रा अभूतपूर्व रूपमा सफल रह्यो, उनले भने असाधारण उत्साह थपिएको छ, उपाध्यक्ष पौडेलले झुला घाट चिवा भन्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्राका लागि १५ दिन यो बाटोमा हिँड्दा यो मार्गलाई डबल डेलिकेटट गर्नुपर्ने, घुम्ती र मोड मिलाउनुपर्ने, पुल बनाई केही ठाउँमा रुटसमेत फेरेर छोटो बनाउनेतर्फ ध्यानाकर्षण भएको  जनाउनु भयाे  ।

मध्य पहाडी क्षेत्र भविष्यको विकास र समृद्धिको आधारशिला हो भन्ने कुरालाई उजागर गर्न हामीले सफलता प्राप्त गरेका छौँ, भविष्यको विकासको आधारशिला हामीले मध्य पहाडी राजमार्गलाई बनाउन सक्दछौँ’, पौडेलले भन्नुभयाे  ।

मध्य पहाडका सबै जिल्लामा फलफूल र जडीबुटी खेतीको प्रचुर सम्भावना रहेको उहाँ बताउनुभयाे  । ‘पहाड र हिमाली क्षेत्र फलफूल र जडीबुटीको उर्वरा भूमि हुन्, फलफूल खेतीका माध्यमबाट पहाडी क्षेत्रको जीवन परिवर्तन गर्न सकिन्छ भन्ने कुरा यो यात्राका क्रममा प्रमाणित भएको छ’, उहाँले भन्नुभयाे यात्राले स्थानीय मौलिक संस्कृतिलाई राष्ट्रियकरण गर्ने काम पनि गरेको छ। संस्कृतिका हिसाबले पनि मध्य पहाड विशिष्ट क्षेत्र रहेछ भन्ने कुरा अनुभूत गर्न सकिन्छ । ‘नेपाल बहु जातीय, बहुभाषिक, बहु सांस्कृतिक समाज भित्र हामीले एकता निर्माण गर्ने आधार खोजी रहेका थियौँ, त्यो आधार प्राप्त भएको छ’, उहाँले भन्नुभयाे  ।

https://www.facebook.com/watch?v=738965350895622