१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

गठबन्धन सरकार कुहिएको फल जस्तै हो : अध्यक्ष ओली

गठबन्धन सरकार कुहिएको फल जस्तै हो : अध्यक्ष ओली
file-photo
अ अ+ अ-

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ‌ओलीले वर्तमान गठबन्धनकाे सरकार कुहिएको फल जस्तै भएको बताउनु भएको छ।

झुलाघाट–चिवाभन्ज्याङ मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिका लागि संकल्प अभियान अन्तर्गत भोजपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले साे कुरा बताउनु भएको हाे।

गठबन्धन सरकार कुहिएको फल जस्तै भएको बताउँदै ओलीले यो सरकार जति लामो गयो देशको लागि त्यति नै दुर्भाग्य हुने बताउनुभयो । त्यसैले अब यसको अन्त्य हुने पर्नेमा ओलीले जोड दिनुभयो। उहाँले भन्नुभयो , ‘गठबन्धन सरकार कुहिएको फल जस्तै हो । यो गठबन्धनको हालत पनि यस्तै भइसक्यो। कुहिएको फल छुट्न थालेसँंगै गठबन्धन छुट्न थाल्छ।’

अध्यक्ष केपी शर्मा ओलीले काम गर्ने इच्छा शक्ति हुने हो भने धेरै काम गर्न सकिने बताउनु भयो। उहाँले नाकाबन्दी, भूकम्प र कोभिड महामारीको बेलमा पनि नेकपा एमालेले धेरै काम गरेको बताउनुभयो।

नेकपा एमाले सरकारबाट हटेपछि भूकम्प पछिको पुनर्निर्माण सबै काम रोकिएको अवस्थामा पुनः नेकपा एमाले सरकारमा गएपछि सबै पुनर्निर्माण काम गरेको उहाँले स्मरण गराउनु भयो। यस बाहेक विद्युत्, खानेपानी, सडक, पुल, सिँचाई रेल, पूर्वाधार, अनेक खालका विकास नेकपा एमालेले गरेको ओलीले बताउनुभयो । ‘हाम्रो समयमा धेरै कामहरू भए, विरोधीहरू आत्तिए’, ओलीले भन्नुभयो ।

एमालेको काम देखेर विरोधीहरूले लगातार मुख छाडेका ओलीले बताउनुभयो। तिनै शक्ति एमाले भित्र समेत घुसेर पार्टी फुटाउने काम गरेका ओलीको भनाइ छ । अनेक जाल झेल गरेर, बहुमतको सरकार ढालेर, अदालतको सहारा लिएर समय नै तोकेर दक्षिणपन्थीको हातमा सत्ता जिम्मा लगाउने काम भएको उहाँले बताउनुभयो ।

एमालेलाई केही समयको लागि सत्ताबाट हटाएको भए पनि फेरी जनताको बहुमत सहित एमाले सरकारमा पुग्ने ओलीले दाबी गर्नुभयो । नेकपा एमाले गठबन्धन खोजेर हिँड्न झञ्झट नगर्ने तर कोही राष्ट्रिय शक्ति बन्न आउँछौँ भन्छन् भने हात मिलाएर अघि बढ्ने उहाँले प्रष्ट पार्नुभयो ।

सबै सिद्धाउन खोज्दा पनि कसैले सिद्ध्याउन नसकेर नेकपा एमाले पहिलो राष्ट्रिय शक्ति बनेर आएको उहाँले दाबी गर्नुभयो। तर यतिले पनि नपुगेको भन्दै ओलीले नेकपा एमालेको लागि एकल बहुमत आवश्यक रहेको प्रष्ट पार्नुभयो।

जनताका कुरा सुन्न र जनतासँग प्रत्यक्ष भेटघाट गर्न नेकपा एमाले जनताको बिचमा आएको उहाँले बताउनुभयो। समस्या के छन् र समाधान कसरी हुन्छ भन्ने सुझाव लिई योजना बनाउन समृद्धिको लागि संकल्प यात्रा आयोजना गरिएको ओलीको भनाइ छ।

अध्यक्ष ओलीले यो अभियानले नेकपा एमालेले जनताका समस्या र समाधानका उपायको विषयमा विद्यावारिधि प्राप्त गरेको बताउनुभयो। यसले पहाडका समस्या र समस्या समाधानको उपायको बारेमा पार्टीले अनेक ज्ञान प्राप्त गरेको उहाँले प्रष्ट पार्नुभयो।
यो ज्ञान र सिपलाई व्यवहारिक प्रयोगमा ल्याउन २०८४ मा नेकपा एमालेको एकल बहुमतको सरकार बन्नु पर्ने ओलीले बताउनुभयो । अब पार्टी, पार्टीका कार्यकर्ता र नेपाली जनताले कुनै पनि गल्ती गर्न नहुने उहाँले स्पष्ट पार्नुभयो। अब पनि गल्ती भयो भने देशको अस्तित्व नै संकटमा पर्न सक्ने उहाँले बताउनुभयो।

मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू महासचिव शंकर पोखरेल, उपमहासचिवहरू, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली सहित समृद्धिको लागि संकल्प यात्रामा हुनुहुन्छ। बैतडीको झुलाघाटमबाट मंसिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ।