२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाख्राले गर्यो यस्तो ‘अपराध’, नौ बाख्रा एक वर्ष जेल बसेर छुटे



अ+ अ-

एजेन्सी । हरेक देशमा अपराध गरेमा सजायको व्यवस्था छ, अदालतले सम्पूर्ण मुद्दालाई ध्यानमा राखी अपराधको आधारमा सजाय निर्धारण गर्छ ।

तर यो सजाय मानिसका लागि हो, जनावरलाई पनि सजायको व्यवस्था छ भने के हुन्छ ? यस्तै घटना बंगलादेशमा भएको छ जहाँ नौवटा बाख्रालाई एउटा अपराधमा जेल सजाय दिइएको छ र त्यो पनि एक–दुई महिनाको लागि होइन वर्षभरको लागि । यो अचम्मको घटना अहिले चर्चाको विषय बनेको छ ।

मानिसलाई अपराधको सजाय दिइन्छ भन्ने कुरा तपाइले सुन्नु भएको होला तर जनावरलाई सजाय दिने यो घटनाले तपाईलाई पनि अचम्ममा पार्नेछ । बाख्राले के गर्‍यो कि एक वर्ष जेल बस्नुपर्‍यो ?

बंगलादेशको यो घटनाले सामाजिक सञ्जालमा निकै चर्चा पाइरहेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार बंगलादेशको बारिशाल सहरको एउटा चिहानमा घाँस र रुखको पात खाएकोमा नौ बाख्रालाई सजाय सुनाइएको छ । उनीहरु एक वर्ष जेलमा बिताएपछि नोभेम्बर २४ मा रिहा भएका थिए ।

बरिशाल महानगरपालिकाका नवनिर्वाचित मेयर अबुल खैर अब्दुल्लाको निर्देशनमा ती बाख्रालाई छाडिएको हो ।

यी बाख्राहरूलाई गत वर्ष डिसेम्बर ६ मा सहरको चिहानमा घाँस र रुखको पात खाएको आरोपमा पक्राउ गरी झण्डै एक वर्षसम्म बन्दी बनाएर राखिएको थियो । जेलबाट छुटेपछि बाख्रालाई मालिकलाई हस्तान्तरण गर्दा हाल बीसीसीका प्रशासकीय अधिकृत आलमगीर हुसेन र सडक निरीक्षक रियाजुल करीम र इमरान हुसेन खान उपस्थित थिए ।

कुनै अपराधमा जनावरलाई जेलमा परेको यो पहिलो घटना होइन । मिडिया रिपोर्टका अनुसार यसअघि अमेरिकाको मिशिगन प्रहरीले एक कुकुरलाई पक्राउ गरेको थियो । कुकुरलाई आफ्नो अफिसरको खाना चोरेको आरोप लगाइएको थियो । कुकुरले अनुसन्धानमा सहयोग नगरेको भन्दै प्रहरीले पक्राउ गरेको हो ।