५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जाडोमा धेरै चिया नपिउनुहोस्, शरीरमा रोगले आक्रमण गर्ला



अ+ अ-

एजेन्सी । जाडो मौसम र दिनको सुरुवात तातो चियाले गर्दा मनमा शान्ति मिल्छ । धेरैलाई चिया यति मन पर्छ कि बिहान, बेलुका र दिउँसो प्रशस्त मात्रामा पिउने गर्छन् ।

चियाका धेरै फाइदाहरू छन् तर यदि चिया सीमित मात्राभन्दा बढी पिउने हो भने त्यसका बेफाइदा पनि हुन सक्छ । चियाको लत विष भन्दा कम छैन । धेरै चिया पिउनाले स्वास्थ्यमा प्रत्यक्ष असर पार्छ र धेरै रोगको सामना गर्नुपर्ने हुन्छ ।

आइरनको कमी
धेरै चिया पिउनाले शरीरमा आइरन कम हुन्छ । वास्तवमा, चियामा पाइने ट्यानिन नामक पदार्थले शरीरमा रहेको आइरनलाई बिस्तारै कम गर्छ । रक्तअल्पताबाट पीडित व्यक्तिहरूले धेरै चिया पिउनु हुँदैन ।

थकान
धेरै चिया पिउनाले शरीरलाई अल्छी बनाउँछ । किनभने चियामा क्याफिन हुन्छ जसले थकान र बेचैनी निम्त्याउँछ ।

अनिद्रा
धेरै चिया पिउनाले निद्रामा समस्या हुन सक्छ । राम्ररी सुत्न नसक्ने मानिसले चिया बढी सेवन गर्नुपर्छ ।

पेट सम्बन्धित रोगहरु
धेरै चिया पिउनाले पेट सम्बन्धी रोग लाग्न सक्छ । चिया पिउँदा प्रायः मानिसहरूलाई एसिडिटी र ग्यासको समस्याको सामना गर्नुपर्ने हुन्छ ।

डिहाईड्रेशन
चिया पिउनाले डिहाइड्रेसन हुन सक्छ । चियामा पाइने क्याफिनले शरीरबाट पानी सोस्छ, जसले पानीको स्तर घटाउन सक्छ ।

रक्तचाप
रक्तचापका बिरामीले धेरै चिया पिउनु हुँदैन । धेरै चिया पिउनाले रक्तचापको स्तर बढ्न सक्छ ।