५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ महानगर र सङ्घको सहकार्यमा प्रशिक्षक प्रशिक्षण सुरु



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बागमती प्रदेश क्रिकेट सङ्घको सहकार्यमा क्रिकेट खेल प्रशिक्षक प्रशिक्षण सुरु गरेको छ ।

गत भदौ २९ गते महानगर र सङ्घबीच भएको सम्झौताअनुसार सोमबारदेखि सुरु भएको प्रशिक्षणमा सामुदायिक विद्यालयका माध्यमिक तहका खेल शिक्षक र प्रतिनिधिलाई प्रशिक्षणमा सहभागी गराइएको महानगरका सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिनुभयो । प्रशिक्षणमा ५० जना क्रिकेट प्रशिक्षकलाई तालिम दिइ उहाँहरूमार्फत खेलाडीलाई सीप सिकाउनु उद्देश्य रहेको महानगरको भनाइ छ ।

“प्रशिक्षणमा सैद्धान्तिक कक्षासहित एम्बेसी पार्कमा प्रयोगात्मक प्रशिक्षण हुनेछ । साथै सैद्धान्तिक कक्षामा प्रशिक्षकको भूमिका, शारीरिक तन्दुरुस्ती, निर्णायक, ब्याटिङ, बलिङ, विकेट किपिङबारे जानकारी दिइनेछ”, आचार्यले भन्नुभयो ।

उहाँहरुलाई राष्ट्रिय खेलकुद परिषद्का प्रशिक्षक अनिल अधिकारी, क्रिकेट प्रशिक्षक ९लेभल–३० राजु बस्नेत, लेभल–२ का प्रशिक्षकहरु कलाम अली, मनोज कटुवाल, रिकेश लामा, सुजन महर्जन, निर्णायक विनय झालगायतले प्रशिक्षण दिनुहुनेछ ।

प्रशिक्षणसँगै सङ्घले वडा स्तरमा ‘क्रिकेट नेट’ राख्न प्राविधिक सहयोग उपलब्ध गराउनेछ । यो काम तीन महिनाभित्र सम्पन्न हुनेछ । यसका लागि महानगरले रु १० लाख उपलब्ध गराउने छ । यसरी उपलब्ध गराइने रकम काम थालनी भएपछि ४० प्रतिशत र बाँकी प्रगतिका आधारमा उपलब्ध गराइनेछ ।

अनुगमन तथा मूल्याङ्कन समिति वा खटाइएका कर्मचारीले सम्पादित कार्यको समय(समयमा अनुगमन तथा मूल्याङ्कन गर्ने व्यवस्था गरिएको छ ।

चालु आर्थिक वर्षमा महानगरले एक टोल एक खेलकुद पूर्वाधार निर्माण तथा समग्र खेलकुद क्षेत्र विकासका लागि स्वर्णिम योजनासहितको कार्यक्रम सञ्चालन गर्नका लागि रु १० करोड ५० लाख रकम विनियोजन गरेको छ ।

त्यस्तै एक वडा एक नमूना उद्यान कार्यक्रम सञ्चालन गर्नका लागि रु एक करोड रकम विनियोजन गरेको छ । महानगरले चालु आर्थिक वर्षमा विशेष महत्वका साथ दशवटा विषयगत क्षेत्रका गौरवका योजना छनोट गरेको छ । त्यसका लागि रु तीन अर्ब ८० करोड र २५ स्वर्णिम योजनाका लागि रु दुई अर्ब रकम विनियोजन गरिएको छ । रासस